Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

अन्तरराष्ट्रिय डाटा सहकार्यका लागि राष्ट्रपति सी को आग्रह


 १२ वैशाख, एजेन्सी । चीनले विश्व विकास पहलको रूपरेखाभित्र अन्य देशहरूसँग अन्तरराष्ट्रिय तथ्याङ्क सहयोगलाई अझ प्रगाढ बनाउन इच्छुक रहेको राष्ट्रपति सी चिनफिङले बताएका छन् ।

पूर्वी चीनको झेजियाङ प्रान्तको राजधानी हाङ्झाउमा अप्रिल २४ देखि २७ गतेसम्म आयोजना हुने चौथो संयुक्त राष्ट्रसंघको विश्व डाटा फोरमलाई बधाइ सन्देश दिदै उनले उक्त टिप्पणी गरेका हुन्।

राष्ट्रपति सीले मानव समाजको समृद्धि र प्रगतिका लागि दिगो विकास अपरिहार्य भएको र बलियो, हरियाली र स्वस्थ विश्वव्यापी विकास हासिल गर्नु विश्वभरका मानिसहरूको साझा आकाङ्क्षा भएको बताएका छन् ।

चीनले दिगो विकासको सन् २०३० मुद्दालाई समर्थन र कार्यान्वयन गर्दै नवीन, समन्वयात्मक, हरित, खुला र साझा विकासको नयाँ दर्शनलाई पालना गर्ने उल्लेख गरेका थिए ।

उनले चीनले डिजिटल पूर्वाधारमा निरन्तर सुधार गर्दै, तथ्याङ्क र तथ्याङ्कीय क्षमता निर्माणलाई सुदृढ गर्दै दिगो विकास लक्ष्यहरूको अनुगमन गर्ने अभ्यास र अनुभवलाई सक्रिय रूपमा बाँडिरहेको बताए ।

चीनले “तथ्याङ्क सुशासन” मार्फत सन् २०३० को दिगो विकास एजेन्डाको कार्यान्वयनलाई प्रवर्द्धन गर्नका लागि अन्य देशहरूसँग मिलेर काम गर्ने, डाटा क्षेत्रमा खुला अन्तरराष्ट्रिय सहयोग निर्माण गर्दै सबै देशको साझा विकास र प्रगतिलाई बढावा दिने उनको धारणा छ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?