Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

पूर्वप्रधानमन्त्री आचार्यको घरलाई सङ्ग्रहालय बनाइने


पूर्वप्रधानमन्त्री स्व टङ्कप्रसाद आचार्यको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सदरमुकाम परासीस्थित जन्मघरलाई सङ्ग्रहालय बनाइने भएको छ । नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्षसमेत रहनुभएका उहाँको करिब एक सय वर्ष पुरानो जीर्ण घरलाई सङ्ग्रहालय बनाउन लागिएको हो । लुम्बिनी प्रदेश सरकारको रु ५० लाखको लगानीमा सङ्ग्रहालय बनाउने योजना अघि बढाइएको हो ।

“घर निकै जीर्ण छ, जीर्णोद्वार गर्न असम्भव देखिन्छ । उस्तै नयाँ घर बनाएर सङ्ग्रहालयमा परिणत गर्ने योजना छ”, टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानका सदस्य एवं लुम्बिनी प्रदेश सरकारका पूर्वआर्थिक मामिलामन्त्री वैजनाथ चौधरीले भन्नुभयो । जीर्ण बनेको उक्त घरलाई २०७२ सालमा गएको भूकम्पले थप क्षति गरेपछि स्थानीयले संरक्षण गर्न माग गर्दै आएका थिए । “तीन दशकदेखि घरको संरक्षणको माग गरिँदै आएको थियो”, चौधरीले भन्नुभयो । स्व आचार्यको घर परासीको गौरव भएकाले सङ्ग्रहालयका रुपमा परिणत गर्ने योजना अघि बढाइएको उहाँको भनाइ छ । प्रदेशसभा सदस्य वैजनाथ जैसवालले पुरातत्व विभागसँग समन्वय गरेर काम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले स्व आचार्यको घरको जीर्णोद्धार गर्न जरुरी भएको उल्लेख गर्दै आवश्यक परे थप बजेटका लागि प्रदेश सरकारसँग पहल गर्ने बताउनुभयो । स्व आचार्यको जन्म विसं १९६९ मा भएको थियो । उहाँको २०४५ सालमा निधन भएको थियो । उहाँ २०१२ सालमा मुलुकको प्रधानमन्त्री बन्नुभएको थियो ।


प्रकाशित मिति: ३० पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?