Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

अमेरिकाको नर्थ क्यारोलिनामा नेपाली चिकित्सकहरुको सम्मेलन हुने


११ वैशाख, काठमाडौं। अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ)ले आयोजना गर्न लागेको २७औं वार्षिक सम्मेलन यही मे ५ देखि ७ गते सम्म अमेरिका स्थित नर्थ क्यारोलिनाको सार्लोटमा हुने भएको छ।

“सञ्जाल र समन्वयका साथ अघि बढौँ” भन्ने नाराका साथ यस सम्मेलन हुन लागेको हो । सन् १९९७ बाट सुरुवात भएको यस अमेरिका नेपाल मेडिकल फाउन्डेसनले स्थापनाकाल देखिनै नेपालको बृहत्तर स्वास्थ्य क्षेत्रको विकासका लागि काम गर्दै आइरहेको छ । यसले शिक्षा, तालिम र अनुसन्धानको प्रवर्द्धनका लागि पूर्वाधार निर्माण देखि चिकित्सा क्षमता अभिवृद्धि सम्मका विभिन्न गतिविधि सञ्चालन गरी नेपालको स्वास्थ्य सेवालाई अघि बढाउन सक्रिय हुँदै आइरहेको छ ।

नेपालको स्वास्थ्य क्षेत्रमा रुचि राख्ने प्रवासी नेपालीहरूको बढ्दो सङ्ख्याको साथ अमेरिका नेपाल मेडिकल फाउन्डेसनले नेपाललाई आफ्नो स्वास्थ्य लक्ष्यमा पुर्‍याउनका लागि अमेरिकाबाट थप विशेषज्ञता र स्रोतहरू जुटाउने प्रयास गर्दै आएको छ ।

यस वार्षिक सम्मेलनले ती कामका लागि सञ्जाल निर्माण, विचार आदान प्रदान र योगदानका तरिकाहरू खोज्ने छ फाउन्डेसनका अध्यक्ष डा विनोद खड्काले विश्वास व्यक्त गरे ।

फाउन्डेसनका सचिव डा जीवन लामिछानेका अनुसार सम्मेलनमा करिब ३ सय जना विभिन्न क्षेत्रका विज्ञहरू उपस्थित हुनेछन् । सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न तिव्र रुपमा तयारी भइरहेको आयोजक कमिटीका संयोजक डा सुमन राज रेग्मीले जानकारी दिए।


प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?