Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

तनहुँमा उपनिर्वाचन : ५२ प्रतिशत मत खस्यो


१० वैशाख ,तनहुँ, । तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि आइतबार भएको उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको छ । बिहान ७ देखि सुरु भएको मतदान दिउँसो सवा ५ बजेसम्म भएको हो ।

मतदानका लागि ६९ मतदानस्थल र एक सय ५२ मतदान केन्द्रमा एकै साथ मतदान सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

शान्त र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न एक हजार तीन सय ६८ जना कर्मचारी परिचालन गरिएको थियो । मतदान केन्द्रहरूमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, अशक्त अवस्थाका मतदाताका लागि सहज व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

तनहुँ निर्वाचन क्षेत्र नं १ मा ५ वडा पालिकाका ४२ वटा वडामा मतदान हुनेछ । उक्त क्षेत्रमा महिलातर्फ ६३ हजार सात सय ६५ र पुरुषतर्फ ५९ हजार पाँच सय ४० गरी कूल एक लाख २३ हजार तीन सय पाँचजना मतदाताले मतदान छन् ।


प्रकाशित मिति: १० बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?