Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

नरैनापुरमा इलाका प्रशासन पुनःस्थापनाको पहल


बाँकेको नरैनापुरमा इलाका प्रशासन कार्यालय पुनःस्थापनाको लागि पहल गरिएको छ । नरैनापुरमा यथाशीघ्र इलाका प्रशासन पुनःस्थापनाको लागि उपप्रधान तथा गृहमन्त्री रवि लामेछानेलाई नरैनापुरवासीको तर्फबाट ध्यानाकर्षण गराएको बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले जानकारी दिनुभयो ।

गृहमन्त्री लामेछानेले गृह सचिव विनोदप्रकाश सिंहलाई इलाका प्रशासन पुनःस्थापनाको लागि निर्देशन दिनुभएकाले अव छिट्टै नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने उहाँले बताउनुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले गृहसचिव सिंहले फोनमार्फत नरैनापुरमा इलाका प्रशासन पुनस्र्थापना गर्न आवश्यक पहल गर्न र स्थानीय सरकारसँग समन्वय गर्न निर्देशन दिनुभएको बताउनुभयो । बाँकेको सदरमुकाम नेपालगञ्जदेखि ४४ किलोमिटर टाढा राप्ती नदीपारी अवस्थित नरैनापुर क्षेत्रमा इलाका प्रशासन कार्यालय नहुँदा स्थानीयवासीले सास्ती झेल्नुपरेको छ । नरैनापुर गाउँपालिका–४ मा रहेको इलाका प्रशासन कार्यालय २०७२ सालमा असुरक्षाको कारण देखाइ नेपालगञ्जमा विस्थापित भएको थियो । त्यसयता स्थानीय सरकारको रुपमा गाउँपालिका कार्यालय स्थापना भइसके पनि इलाका प्रशासन कार्यालय भने हालसम्म पुनःस्थापित हुन सकेको छैन ।

इलाका प्रशासन कार्यालय नहुँदा सहजै प्राप्त हुने नागरिकता प्रमाणपत्र बनाउने लगायतका सेवाबाट नरैनापुरवासी वञ्चित भएको स्थानीय अगुवा सोहनलाल यादवले बताउनुभयो । उहाँले अहिले नागरिकता बनाउन सदरमुकाम नेपालगञ्ज आउनुपर्दा जनतालाई समय र आर्थिक भार पर्ने गरेको उल्लेख गर्नुभयो ।


प्रकाशित मिति: ३० पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?