Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

नरैनापुरमा इलाका प्रशासन पुनःस्थापनाको पहल


बाँकेको नरैनापुरमा इलाका प्रशासन कार्यालय पुनःस्थापनाको लागि पहल गरिएको छ । नरैनापुरमा यथाशीघ्र इलाका प्रशासन पुनःस्थापनाको लागि उपप्रधान तथा गृहमन्त्री रवि लामेछानेलाई नरैनापुरवासीको तर्फबाट ध्यानाकर्षण गराएको बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले जानकारी दिनुभयो ।

गृहमन्त्री लामेछानेले गृह सचिव विनोदप्रकाश सिंहलाई इलाका प्रशासन पुनःस्थापनाको लागि निर्देशन दिनुभएकाले अव छिट्टै नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने उहाँले बताउनुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले गृहसचिव सिंहले फोनमार्फत नरैनापुरमा इलाका प्रशासन पुनस्र्थापना गर्न आवश्यक पहल गर्न र स्थानीय सरकारसँग समन्वय गर्न निर्देशन दिनुभएको बताउनुभयो । बाँकेको सदरमुकाम नेपालगञ्जदेखि ४४ किलोमिटर टाढा राप्ती नदीपारी अवस्थित नरैनापुर क्षेत्रमा इलाका प्रशासन कार्यालय नहुँदा स्थानीयवासीले सास्ती झेल्नुपरेको छ । नरैनापुर गाउँपालिका–४ मा रहेको इलाका प्रशासन कार्यालय २०७२ सालमा असुरक्षाको कारण देखाइ नेपालगञ्जमा विस्थापित भएको थियो । त्यसयता स्थानीय सरकारको रुपमा गाउँपालिका कार्यालय स्थापना भइसके पनि इलाका प्रशासन कार्यालय भने हालसम्म पुनःस्थापित हुन सकेको छैन ।

इलाका प्रशासन कार्यालय नहुँदा सहजै प्राप्त हुने नागरिकता प्रमाणपत्र बनाउने लगायतका सेवाबाट नरैनापुरवासी वञ्चित भएको स्थानीय अगुवा सोहनलाल यादवले बताउनुभयो । उहाँले अहिले नागरिकता बनाउन सदरमुकाम नेपालगञ्ज आउनुपर्दा जनतालाई समय र आर्थिक भार पर्ने गरेको उल्लेख गर्नुभयो ।


प्रकाशित मिति: ३० पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?