Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

चुरेमा डढेलो, पानी अभावले निभाउन मुस्किल


१० वैशाख, कञ्चनपुर । कञ्चनपुरको चुरेक्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार जिल्लाका विभिन्न वनमा लागेको डढेलो नियन्त्रणमा आए पनि चुरेक्षेत्रमा लागेको डढेलो अझै नियन्त्रण बाहिर छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले भौगोलिक विकटताका कारण चुरेक्षेत्रको डढेलो नियन्त्रण गर्न नसकिएको जानकारी दिए । “विभिन्न क्षेत्रमा गरी एक सय दश हेक्टरमा डढेलो निभाइसकेका छौँ ।” उनले भने–“चुरे क्षेत्रमा डढेलो नियन्त्रण गर्न चुनौतीपूर्ण छ जान सकिने अवस्था छैन ।”

चुरेमा दुई÷तीन घण्टा पैदल जानुपर्ने र त्यहाँ पानीको समेत अभाव भएकाले डढेलो निकै चुनौतीपूर्ण रहेको अवस्थीले बताए । “आमी डढेलो नियन्त्रण गर्ने प्रयासमै छौँ ।” उनले भने–“चुरे क्षेत्रको करिब ५० हेक्टरमा डढेलो लागेको छ ।”

डिभिजन वन कार्यालयका अनुसार भीमदत्त नगरपालिकाको ब्रह्मदेव क्षेत्रमा अहिले डढेलो छ । यहाँको बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिकाको उत्तरी क्षेत्र, लालझाडी गाउँपालिका र कृष्णपुर नगरपालिकामा लागेको डढेलो नियन्त्रणमा आइसकेको छ । डढेलोका कारण हालसम्म एक सय १० हेक्टर वनक्षेत्रमा असर परेको छ ।


प्रकाशित मिति: १० बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?