Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

मोटरसाइकल दुर्घटनामा परी ड्युटीमा जाँदै गरेका ट्राफिक प्रहरीको मृत्यु


१० वैशाख, कैलाली । मोटरसाइकल दुर्घटनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी सहायक हवल्दार जनकराज धामीको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते उहाँको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा शनिबार राति ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार बिहीबार साँझ राजपुरको ट्राफिक प्रहरी बिटमा ड्युटी जाँदैगर्दा धामीले चलाएको मोटरसाइकल सडकमा रहेको चौपायामा ठोक्किएर दुर्घटना भएको थियो ।

बोराडाँडीमा दुर्घटनामा परी घाइते प्रहरीको उपचारको क्रममा ज्यान गएको जनाइएको छ । सडक नै कब्जा गरेर बस्ने गरेको छाडा चौपाया दुर्घटनाको कारक बन्दैआएको स्थानीयको भनाइ छ । छाडा चौपायाका कारण दुर्घटना बढ्दैगएको छ ।


प्रकाशित मिति: १० बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?