Trending
>>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मोटरसाइकल दुर्घटनामा परी ड्युटीमा जाँदै गरेका ट्राफिक प्रहरीको मृत्यु


१० वैशाख, कैलाली । मोटरसाइकल दुर्घटनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी सहायक हवल्दार जनकराज धामीको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते उहाँको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा शनिबार राति ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार बिहीबार साँझ राजपुरको ट्राफिक प्रहरी बिटमा ड्युटी जाँदैगर्दा धामीले चलाएको मोटरसाइकल सडकमा रहेको चौपायामा ठोक्किएर दुर्घटना भएको थियो ।

बोराडाँडीमा दुर्घटनामा परी घाइते प्रहरीको उपचारको क्रममा ज्यान गएको जनाइएको छ । सडक नै कब्जा गरेर बस्ने गरेको छाडा चौपाया दुर्घटनाको कारक बन्दैआएको स्थानीयको भनाइ छ । छाडा चौपायाका कारण दुर्घटना बढ्दैगएको छ ।


प्रकाशित मिति: १० बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?