Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

अघिल्लोपटकको भन्दा बढी मत ल्याएर जित्ने अपेक्षा छ : रवि लामिछाने


१० वैशाख, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गत निर्वाचनको भन्दा बढी मत ल्याउने बताएका छन् ।

उपनिर्वाचनमा चितवन-२ बाट उम्मेदवार उठेका लामिछानेले जनताको उत्साहले अघिल्लो चुनावभन्दा बढी भोट ल्याएर जित्ने देखिएको बताएका हुन् ।

उनले सञ्चारकर्मीसँग भने, ‘मतदातामा हाम्रो पक्षमा अघिल्लोपटकको भन्दा बढि उत्साह पाएको छु । परिणाममा पनि त्यहि अपेक्षा गरेको छु।’

गत मंसिर ४ मा भएको चुनावबाट निर्वाचित भएका लामिछानेको नागरिकता प्रकरणका कारण सांसद पद बर्खास्त भएको थियो । सोही कारण चितवन-२ मा उपनिर्वाचन भइरहेको छ । अहिले मतदान जारी छ ।


प्रकाशित मिति: १० बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?