Trending
>>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

निर्वाचन अधिकृतको गोली हानी हत्या


१० वैशाख, एजेन्सी । म्यान्मारको याङ्गुनमा विद्रोही लडाकूले शनिबार निर्वाचन आयोगका उपप्रमुखको गोली हानी हत्या गरेको सेनाले जनाएको छ ।

म्यान्मारको सेनाले दुई वर्षभन्दा बढी समयअघि सत्ता कब्जा गरेपछि यस कदमविरूद्ध असहमति व्यक्त गर्ने सर्वसाधारणमाथि समेत रक्तपातपूर्ण दमनको नेतृत्व गरेको छ । यो कदमले म्यान्मामा सामाजिक अशान्ति र आर्थिक सङ्कट निम्त्याएको छ ।

स्वघोषित नागरिक ‘पिपुल्स डिफेन्स फोर्सेज’ जुन्टाको विरोधमा खडा भएका छन् र उनीहरूका लडाकुहरूले सेनासँग काम गर्ने अधिकारीहरूलाई निशाना बनाएका छन् ।

सेनाको सञ्चार टोलीले जारी गरेको विज्ञप्तिमा केन्द्रीय निर्वाचन आयोगका उपनिर्देशक साई क्याव थुको पूर्वी याङ्गुनको थिङगायुन सहरमा गोली हानी हत्या गरिएको जनाइएको छ ।

सेनाले आक्रमणमा ‘पिपुल्स डिफेन्स फोर्सेज’ जिम्मेवार रहेको बताएको छ तर थप विवरण भने दिएको छैन ।

सेनाले सन् २०२१ को फेब्रुअरीमा नागरिक नेतृ आङ सान सुकीको निर्वाचित सरकारलाई अघिल्लो वर्षको चुनावमा धाँधली गरेको निराधार आरोप लगाउँदै अपदस्थ गरेको थियो ।

वर्तमान् जुन्टाको नेतृत्वमा रहेको सरकारले निर्वाचन आयोगलाई नयाँ निर्वाचन गर्ने जिम्मेवारी दिएको छ तर निर्वाचन आयोगका पदाधिकारी जुन्टा शासकप्रति वफादार रहेको दावी गर्दै विपक्षीहरूले स्वतन्त्र वा निष्पक्ष हुन नसक्ने बताएका छन् ।

गत महिना आयोगले सुकीको नेसनल लिग फर डेमोक्रेसी पार्टीलाई सेनाले तयार पारेको कडा चुनावी नियमअन्तर्गत पुनः दर्ता गर्न असफल भएको भन्दै विघटन गरेको थियो ।

म्यान्मारको सेनासमर्थित प्रमुख पार्टी ‘युनियन सोलिडारिटी एण्ड डेभलपमेन्ट पार्टी’ले दर्ता गरेको सरकारी सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।

सन् १९९०, सन् २०१५ र सन् २०२० को चुनावमा सुकीको एनएलडीले यो समूहलाई पराजित गरेको थियो ।

म्यान्मारमा सेनाले सत्ता कब्जा गरेदेखि नै उथलपुथल मच्चिएको छ । विरोधका कारण जातीय विद्रोहीहरूसँग नयाँ लडाईंहरू सुरु भएका छन् । अहिले सेनासँग सङ्घर्ष गर्ने दर्जनौं अन्य विपक्षी समूहहरू रहेका छन् ।

देशभरि, लगभग हरेक दिन निम्न स्तरका जुन्टा अधिकारीहरू वा कथित मुखबिरहरूको हत्या भइरहेको छ ।

गत वर्ष अप्रिलमा म्यान्मारको केन्द्रीय बैङ्कका उपप्रशासकलाईसेनाले सत्ता कब्जा गरेको केही दिनपछि नियुक्त गरेको थियो र उनलाई याङ्गुनस्थित उनको घरमा अज्ञात आक्रमणकारीले गोली हानेका थिए ।

सन् २०२१ को नोभेम्बरमा सेना र भियतनामी कम्पनी भियतटेलको दूरसञ्चार कम्पनी माइटेलका एक उच्च अधिकारीको याङ्गुनस्थित घरबाहिर गोली हानी हत्या गरिएको थियो ।


प्रकाशित मिति: १० बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?