Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

एमसिए–नेपालको प्रसारण लाइनले नुवाकोटमा ५० बस्ती प्रभावित


९ वैशाख ,त्रिशूली । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)मार्फत काठमाडौँको लप्सेफेदीबाट नुवाकोटको रातमाटे हुँदै हेटौँडा र तनहुँतर्फ लैजाने प्रसारण लाइन विस्तारले प्रभावित बन्ने बस्तीको प्रारम्भिक सूची प्रकाशित भएको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)मार्फत निर्माण गर्न लागिएको प्रसारण लाइनका लागि गाड्नुपर्ने खम्बा र विस्तार गरिने तारको दायाँबायाँतर्फ प्रभावित बनाउने बस्तीको प्रारम्भिक सूची प्रकाशन गरिएको ‘प्रारम्भिक कारबाही अधिकृत’ हरिकृष्ण उप्रेतीले जानकारी दिए ।

उनका अनुसार अमेरिकी सहयोग अनुदानअन्तर्गतको एमसिसीमार्फत निर्माण गर्न लागिएको आयोजनाको नेपालको सरकारी निकाय एमसिए–नेपालमार्फत प्रसारण लाइन निर्माणको क्रममा प्रभावित हुने बस्तीको विवरण सार्वजनिक गरिरएको हो । प्रकाशित सूचीअनुसार नुवाकोटको बेलकोटगढी नगरपालिकासहित शिवपुरी, पञ्चकन्या, लिखु र तारकेश्वर गाउँपालिकाका १८ वडाका ५० वटा बस्ती प्रत्यक्ष प्रभावित हुने उल्लेख छ ।

“काठमाडौँको लप्सेफेदीबाट नुवाकोटको रातमाटे (बेलकोटगढी–७) सम्म चार सय केभी डबल सर्किटको प्रसारण ल्याइनका क्रममा निर्माण गरिने खम्बा र प्रसारण लाइनको दायाँबायाँ क्षेत्रमा प्रभावित बनाउने प्रारम्भिक बस्तीको विवरण सार्वजनिक गरिएको हो ।” प्रारम्भिक कारबाही अधिकृत उप्रेतीले भने, “रातमाटे (सबस्टेशन)बाट एक लाइन नुवाकोटको कोल्पुटार (बेलकोटगढी–५) हुँदै हेटौँडातर्फ र अर्को लाइन नुवाकोटको तारुका (तारकेश्वर–२) हुँदै धादिङबाट तनहुँ पुर्याएर त्यहाँबाट बुटवल लैजान प्रसारण लाइन निर्माण गर्न लागिएको छ ।”

प्रसारण लाइन विस्तारका क्रममा आवश्यक पर्ने जग्गाको जग्गाधनीलाई खम्बा गाड्ने ठाउँको मुआब्जा र प्रसारण लाइनको दायाँबायाँ २३–२३ मिटर दूरीसम्म क्षतिपूर्ति दिनका लागि प्रभावित हुने बस्तीको सूची सार्वजनिक गरेर सर्वेक्षण सुरु गर्न लागिएको एमसिए–नेपालका कार्यकारी निर्देशक खङ्गबहादुर विष्टले जानकारी दिए ।

उनका अनुसार नुवाकोटमा करिब ५३ किमी प्रसारण लाइन निर्माणका क्रममा एक सय ४७ वटा टावर गाड्नुपर्ने देखिएको छ । उक्त क्रममा जिल्लाको पाँच पालिकाको १८ वडाका ५० वटा बस्ती प्रत्यक्ष प्रभावित हुने देखिएको हो ।“प्रभावित पालिकाको वडा र बस्ती किटान गरेर प्रारम्भिक सूची प्रकाशन भएसँगै अब निजी स्वामित्वको जग्गा सर्भे सुरु गर्न लागिएको छ”, कार्यकारी निर्देशक विष्टले भने, “सर्भेका लागि खटिएका प्राविधिक कर्मचारीलाई सहयोग पु¥याएर समयमा नै कार्य सम्पन्न गर्नका लागि स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहन्छ ।”

उक्त आयोजनाअन्तर्गत सबस्टेशन निर्माण र प्रसारण लाइन विस्तारका क्रममा प्रभावित हुने बासिन्दाका लागि एमसिए–नेपालले बेवास्ता गरेको भन्दै यहाँका स्थानीय तह र प्रभावित बासिन्दा भने असन्तुष्ट छन् । सबस्टेशन निर्माणका लागि आवश्यक जग्गा खरिदको काम पूरा भइसकेको छ भने प्रसारण लाइन विस्तारका क्रममा खम्बा गाड्न चाहिने जग्गा खरिद र तार विस्तारबाट प्रभावित हुने क्षेत्रमा दिइने क्षतिपूर्ति निर्धारण बैठकलाई पालिकाहरूले बहिष्कार गर्दै आइरहेका छन् ।


प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?