Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

महँगो हवाई भाडाबारे इपिएस कोरियालाई श्रम मन्त्रालयले सोध्यो स्पष्टीकरण


९ वैशाख, काठमाडाैँ । नेपालबाट दक्षिण कोरिया जाने हवाई भाडा अत्यधिक महँगो भएकोबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (इपिएस) कोरियालाई स्पष्टीकरण सोधेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका अनुसार कोरिया जाने अत्यधिक महँगो टिकटबारे श्रम मन्त्रालयमार्फत इपिएसलाई तीन दिनभित्र जवाफ पेस गर्नेगरी स्पष्टीकरण सोधिएको हो ।

इपिएसबाट कोरियन एयरलाइन्सद्वारा कोरिया जाने टिकट लागत कति हो ? प्रतिव्यक्ति नाफा कति आउँछ ? भनी प्रश्न सोधिएको मन्त्री किराँतीले जानकारी दिए । त्यस्तै कोरियन एयरलाइन्सले अहिलेसम्म एकलौटी कति यात्रु बोकेको छ ? समग्रमा अहिलेसम्मको टिकटको बजेट कति हुन आउँछ ? सोको जानकारी गराउन भनिएको छ ।

त्यसैगरी कोरियन एयरलाइन्सले रु एक लाख ८५ हजार लिने टिकट मूल्य ट्रान्जिट भएर जाँदा पनि लगभग ७० हजार मात्र भाडा लाग्छ ? कोरियन एयरलाइन्सले किन अत्यधिक भाडा लिएको हो ? लगायत प्रश्न इपिएस कोरियालाई मन्त्रालयले गरेको छ ।


प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?