Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

युवकको हत्या गर्ने दुई पक्राउ


८ वैशाख ,कलैया । युवकको हत्या गरी फरार रहेका दम्पतीलाई बारा प्रहरीले पक्राउ गरेका छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१५ भिस्वा बस्ने वर्ष २४ का रामु भनिने कैलास महतो र रोसनी भनिने २० वर्षकी हिरादेवी रहेको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिए ।

विसं २०७९ मङ्सिर २७ गते राति अन्दाजी ९ बजेको समयमा विश्रामपुर गाउँपालिका–५ इट्याही टोलस्थित दरबार कोलनी क्षेत्रमा भुलन चौरसियाको खेतमा रहेको परालको भुसमा जितपुर सिमरा उपमहानगरपालिका–८ राजानगर टोलमा बस्ने वर्ष २२ का सुरज भनिने महेश साहको हत्या गरेर शव लुकाइराखेको अवस्थामा फेला परेको प्रहरीले जनाइएको छ ।

प्रहरीका अनुसार हिरादेवी र मृतक महेश कोठामा सँगै बस्ने गरेको भए पनि महेश र हिरादेवीबीच विवाह गर्ने कुरा भएको तर हिरादेवीको पहिला नै विवाह भई छोरीसमेत भएको हुँदा महेशको घर परिवारका मानिसले विवाह गर्न मानेका थिएनन् ।

गत मङ्सिर २७ गते राति हिरादेवी र महेशलाई हिरादेवीका श्रीमान् कैलाशले दुवैलाई घटनास्थल नजिकै साथमा भेटेपछि मृतकसँग विवाद भई निजहरुले तारले घाँटीमा कसी कर्तव्य गरी मारी शव लुकाउने उद्देश्यले परालको भुसमा लुकाइराखेर भागेको प्रहरीले जनाएको छ ।

भाग्ने क्रममा भारतको बिहारदेखि दिल्ली हुँदै केरला मलप्पुरम जिल्ला पुगेकामा निजहरुलाई केरला प्रहरीसँग समन्वय गरी खोजतलास गरिरहेकामा यही वैशाख ६ गते नेपाल र भारतको सीमाना नजिकबाट प्रतिवादी कैलाश र हिरादेवीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक बोगटीले बताए ।

पक्राउ परेका निजहरुलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?