Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

ट्रयाक खुलेको २३ वर्षपछि सडक कालोपत्रे


८ वैशाख, पर्वत । पर्वतको दोविल्ला-फलेवास सडकको कालोपत्रेको काम सम्पन्न भएको छ । कूल १६ किलोमिटर लामो यो सडकको घोइनौला–चन्दनी खण्डमा बुधबार कालोपत्रे सकिएको हो ।

चन्दनीदेखि ढिकसम्मको कालोपत्र गत वर्षनै भइसकेको थियो भने घोइनौलादेखि धर्मशालासम्मको खण्डमा कालोपत्रे सकिएसँगै दोविल्ला–फलेवास सडक कालोपत्रेको काम सकिएको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ ।

विसं २०५७ मा नै ट्रयाक खुला भइसकेको यो सडकको दुई २३ वर्षपछि कालोपत्रे भएको हो । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक अन्तर्गत दुई वर्षमा काम सक्ने गरी रु २६ करोड ५१ लाखमा प्यासिफिक÷फेवा जेभीले सडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो । आठ मिटर चौडा सडकमध्ये पाँच दशमलव पाँच मिटर सडक कालोपत्रे गरिएको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख कृष्ण आचार्यले जानाकारी दिए । सडक कालोपत्रेको काम २०७६ कात्तिक ११ गते तत्कालीन मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरेका थिए ।

दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य भए पनि कोरोनाको सङ्क्रमणका कारण एक वर्ष समय ढिलाइ भएको प्यासिफिक÷फेवा जेभीका प्रतिनिधि राजु पौडेलले जानकारी दिए । उनका अनुसार बुधबार सबै काम सकेर उपकरणसमेत हटाइएको छ । सडकखण्डअन्तर्गत केही भागमा ढलान गरिसकिएको छ ।

यो सडक कालोपत्रे भएपछि पर्वतको फलेवास नगरपालिकाका देवीस्थान, मुडिकुवा, खानीगाउँसँगै दक्षिण पर्वतको महाशिला, पैंयु र विहादी तथा दक्षिण बागलुङका नागरिकलाई सदरमुकाम कुश्मा आउजाउ गर्न सहज भएको छ ।

फलेवासकै मुडिकुवादेखि लमाएसम्म यसअघिनै कालोपत्रे भइसकेको थियो तर देविस्थानतर्फको खण्डमा अहिले कालोपत्रे भएको हो । यो सडकलाई फलेवास नगरपालिकाले पनि रणनीतिक आयोजनाको रुपमा समेत अघि सारेको थियो । मध्यपहाडी राजमार्गसँग जोडिएको यो दोविल्ला–फलेवास सडकखण्डअन्तर्गत दोविल्लादेखि मल्यांङ्दी खोलासम्मको सडक पाँच वर्षअघिनै कालोपत्रे भइसकेको हो भने मल्यांङ्दी खोलादेखि घोइनउलासम्मको झण्डै एक किलोमिटर सडक गत वर्ष कालोपत्रे भएको थियो ।

कुश्माबजारलाई दक्षिण पर्वतका चार पालिकासँग जोड्ने अधिकांश सडक कालोपत्रे भए पनि मोदीखोलामा रहेको मोटरेवल पुल जीर्ण हुँदा सवारीसाधन र यात्रुहरुले सास्ती बेहोर्न बाध्य बनेका छन् । पछिल्लो समय मोटरेवल पुल निर्माणका लागि प्रक्रिया पनि सुरु भएको छ ।


प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?