Trending
>>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक
Logo
२१ कार्तिक २०८३, शनिबार
२१ कार्तिक २०८३, शनिबार

रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति विवाद टुङ्गो लागेन


८ वैशाख, काठमाडाैँ । रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति कीर्तिपुरमा स्थापनापछि उत्पन्न विवाद थप लम्बिने भएको छ । कीर्तिपुर नगरपालिकाले बिहीबार औपचारिकरुपमै कीर्तिपुरमा स्थापना गरिएका यी प्रतिमूर्ति हटाउन दिएको आदेशसम्बन्धी पत्र सम्बद्ध संस्था सुखी गँछे समाजले बुझ्न नमानेपछि वडा कार्यालयमा टाँस गरिएसँगै यससम्बन्धमा उठेको विवाद लम्बिने सङ्केत देखिएको हो ।

नगरपालिका कर्मचारीले हटाउने आदेशसम्बन्धी पत्र सुरुमा समाजका अध्यक्षलाई बुझाउन खोजेका थिए । अध्यक्षले सचिवलाई बुझाउनु भनेपछि सचिवलाई बुझाउन खोजिएको र सचिव तथा अन्य सदस्यले समेत बुझ्न नमानेपछि २ नं वडा कार्यालयमा टाँस गरिएको थियो ।

रातो मछिन्द्रनाथको जात्रासँग जोडिएको कीर्तिपुर नगरपालिका–२ स्थित ‘प्यंगःथाँ’ (सांस्कृतिक चोक)मा स्थानीयसुखी गँछे समाजको पहलमा गत मङ्सिर महिनामा मच्छिन्द्रनाथ र याक मिसा (कन्या कुमारी) को प्रतिमूर्ति स्थापना गरिएको थियो । त्यसपछि ललितपुुरका मच्छिन्द्रनाथ सम्बद्ध गुठी तथा संस्थाले तन्त्रसाधनामा आधारित मछिन्द्रनाथ र जीवित देवीको रुपमा पुजिने याक मिसाको प्रतिमूर्ति कीर्तिपुरमा स्थापना गर्दा परम्पराको ठाडो उल्लङ्घन हुन जाने ललितपुरका मच्छिन्द्रनाथ सम्बद्ध ३२ पानेजु सङ्घलगायत गुठीको भनाइ थियो ।

कीर्तिपुरको शक्तिपिठ मानिने प्यँगःथां र आसन्न रातो मच्छिन्द्रनाथको भोटो जात्राबीच परम्परागत सम्बन्ध छ । हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथलाई थतिटोलबाट जाउलाखेलतर्फ तान्नुभन्दा चार दिन अघि जल पानेजु (मच्छिन्द्रनाथका पुजारी)नाँगै खुट्टाले हिँडेर कीर्तिपुरस्थित प्यांःगथाँ पुगी ‘याक मिसा’ (शक्ति स्वरुप मानिएकी कन्या)बाट प्रसाद ग्रहण गराउने परम्परा छ ।

यो परम्परालाई बेवास्ता गरी मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापना गरिएकाले सो नहटाएमा प्रसाद ग्रहण गराउने परम्परालाई निरन्तरता दिन नसकिने अडान पानेजु सङ्घको छ । यससम्बद्धमा श्री हयगृव भैरवनाथ तथा ३२ पानेजु सङ्घद्वारा जारी विज्ञप्तिमा रातो मच्छिन्द्रनाथ तन्त्रसाधनाका देवता भएको र याक मिसा जीवित देवी भएकीले उनको प्रतिमूर्ति बनाएर स्थापना गर्न नहुने उल्लेख छ ।

यसविपरीत कीर्तिपुरको सुखी गँछेले प्रतिमूर्ति स्थापना गरेपछि पानेजु सङ्घ, ललितपुर महानगरपालिका र पुरातत्व विभागले सो मूर्ति प्यंगः थाँबाट हटाएर अन्यत्र राख्न दबाब दिँदै आएका थिए । पुरातत्व विभागले समेत गत पुस २५ गते सुखी गँछेलाई पत्र पठाई सो मूर्ति हटाउन आग्रह गरेको थियो । त्यसपछि भएका वार्ता तथा बैठकको आधार भन्दै नगरपालिकाले सूचना जारी गरेको हो ।

सुखी गँछेसम्बद्ध व्यक्तिले भने स्थापना गरिसकिएको मूर्तिलाई हटाउन एकोहरो दबाब दिनाको साटो वार्तामार्फत सम्मानजनक निकास दिनुपर्ने अडान राख्दै आएका छन् ।  गँछेका सचिव नारायण महर्जनले पुरातत्व विभाग र ललितपुर महानगरलगायत निकायले वार्तामार्फत सहमतिको विन्दु पहिल्याउनाको साटो एकपक्षीय दबाब दिएको बताए । मूर्ति स्थापना अघि पुरातत्व विभाग, कीर्तिपुर नगरपालिकासँग लिखित र पानेजु सङ्घसँग मौखिक सहमति लिइएको पनि उनले बताए । “हामी पनि परम्परा नभत्कियोस् भन्ने पक्षमा छौँ र सबै विकल्पमा खुुला छौँ तर हामीलाई मात्र पेल्ने काम भयो”, उनको भनाइ थियो ।


प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?