Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

बालेन विरूद्धको मुद्दाको सुनुवाइ सर्वोच्चमा जारी


८ वैशाख, काठमाडाैँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानथ सिंह राउतको एकल इजलासमा जारी रहेको छ ।

यस अघि दुई पटकसम्म सुनुवाइका लागि पेशी तोकिएपनि सुनुवाइ हुन सकेको थिएन । आज (शुक्रबार) न्यायाधीश राउतको इजलासमा सुनुवाइ भइरहेको सर्वोच्चले जनाएको छ ।

बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ तोकिएपनि बेन्च बस्न नभ्याएको सर्वोच्चले जनाएको छ ।

त्यसअघि मङ्गलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा पेशी तोकिएपनि मुद्दा ‘हेर्न नभ्याइने’मा परेको थियो ।

महानगरले सिंहदरबार, राष्ट्रपति कार्यालय, मन्त्रीहरूको क्वार्टर लगायतका ठाउँमा फोहोर नउठाएको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

अधिवक्ता पदम श्रेष्ठले दायर गर्नुभएको उक्त रिटमा काठमाडौं महानगरले कानुन विपरीत फोहोर सङ्कलन नगरेको उल्लेख छ । साथै तत्काल फोहोर सङ्कलन गरी ल्याण्डफिल्ड साइडमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्नु पर्ने लगायतका माग अधिवक्ता श्रेष्ठको छ ।


प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?