Trending
>>   पुराना राजनीतिक दलहरुले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको ‘मेसिन’ बनाए: डा. स्वर्णिम वाग्ले >>   आसन्न निर्वाचनमा एमाले मुलुकको निर्णायक शक्तिको रुपमा उदाउनुपर्छः ईश्वर पोखरेल >>   मतदानका दिन सवारी साधन नियमनः कसलाई पास चाहिन्छ, कसलाई चाहिँदैन ? >>   पाँच वर्षको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत दिनुस : रवि लामिछाने >>   निर्वाचनको सरगर्मीः सुनसान सिंहदरबार >>   इतिहासदेखि वर्तमानसम्म मगर समुदायको भूमिका अविस्मरणीय : बालेन शाह >>   होलीका नाममा अराजक गतिविधि निषेध, उल्लंघन गरे कारबाही >>   रुकुम पश्चिमलाई देशकै नमूना बनाउने जनार्दन शर्माको उद्घोष >>   उम्मेदवारका एकाघरका परिवारको बैंक खातामा आयोगको निगरानी >>   उद्योग तथा बजार अनुगमन नियमित हुन्छः महानिर्देशक जोशी
Logo
१५ फाल्गुन २०८२, शुक्रबार
१५ फाल्गुन २०८२, शुक्रबार

आज मिति २०८० साल वैशाख ८ गते शुक्रबार, हेर्नुहोस् आजको राशीफल


आज मिति २०८० साल वैशाख ८ गते शुक्रबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष राशी– शुभचिन्तकहरूको सहयोग जुटे पनि सानो कमजोरीले विवाद हुनेछ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ।

बृष राशी– रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

मिथुन राशी– अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। छर–छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।

कर्कट राशी– भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन्।

सिंह राशी– मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।

कन्या राशी– परिस्थितिवश चिताएको काम रोकिन सक्छ। धेरै समय सामाजिक काममा जुट्नुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ।

तुला राशी– परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। आम्दानी रोकिन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्ला।

बृश्चिक राशी– मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। वादविवादले घर-गृहस्थीमा समस्या निम्त्याउने देखिन्छ। अर्थअभावले सताउन सक्छ। यात्राको प्रक्रियाले पनि खर्च बढाउनेछ। लोकाचारका लागि भोगविलासका अनावश्यक वस्तु जुटाउनुपर्ला।

धनु राशी– शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।

मकर राशी– गोप्यता बाहिरिनाले समस्या आउला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। अध्ययनमा समय दिन नसकिए पनि बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ।

कुम्भ राशी– बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्।

मीन राशी– काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ।


प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?