Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

नागरिकता विधेयक पारित गरी नागरिकता वितरणलाई सहज बनाइने छ : प्रधानमन्त्री प्रचण्ड


७ वैशाख, बारा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकता दिएको बताएका छन् ।

यही वैशाख १० गते प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुन लागेको बारा क्षेत्र नं २ को महागढीमाई नगरपालिकामा आज पाँचदलीय गठबन्धनद्वारा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले भने, “विमानस्थल निर्माणसम्बन्धी सबै प्रक्रिया सुरु भइसकेको छ, चाँडै शिलान्यास हुन्छ र निर्माणको काम अगाडि बढ्छ ।”

मुलुकको विकास र समृद्धिमा ठूलो टेवा पुग्ने भएकाले निजगढ विमानस्थलको छिट्टै शिलान्यास गरी निर्माण कार्य अघि बढाइने उनको भनाइ थियो ।

पशुपति विकास कोष र लुम्बिनी विकास कोषजस्तै बाराको गढीमाई क्षेत्रलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गढीमाई विकास कोष स्थापना गरिने घोषणा गर्दै प्रधानमन्त्री दाहालले यसबाट गढीमाई क्षेत्रको मात्र नभई मुलुककै पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

हाल बन्द रहेको मटियर्वा भन्सारलाई सञ्चालन गर्न सरकारले तयारी थालेको र छिट्टै भन्सार सञ्चालनमा आउने उनको भनाइ थियो । विगतमा प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाउँदासमेत राष्ट्रपतिले नागरिकता विधेयक रोकेका कारण नागरिता समस्या समाधान हुन नसकेको उल्लेख गर्दै उनले अब छिट्टै पुनः दुवै सदनबाट नागरिकता विधेयक पारित गरी नागरिकता वितरणलाई सहज बनाइने बताए ।


प्रकाशित मिति: ७ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?