Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बहुतले भवन बनाउन घरटहरा हटाइने


७ वैशाख, झापा । बिर्तामोड नगरपालिकाले वडा नं ५ स्थित बुधबारे हटियामा बहुतले आधुनिक व्यापारिक भवन बनाउन त्यहाँ रहेका सबै घर टहरा हटाउने भएको छ ।

देवीहाटका नामले परिचित २१ कट्ठा क्षेत्रफलको सो स्थानमा विसं २०७२ यता निर्मित ७२ अस्थायी संरचनामा साना व्यवसाय सञ्चालन भइरहेको छ भने जग्गा अतिक्रमण गरेर थप एक सय टहरा बनेको पाइएको नगरपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेका अनुसार नगरपालिकाले अस्थायी संरचना हटाएर सो स्थानमा आधुनिक बहुतले व्यापारिक भवन बनाउने महत्वाकाङ्क्षी विकास योजना अघि बढाएको छ । पूर्वी नेपालकै प्रमुख व्यापारिक केन्द्रका रुपमा उदीयमान बिर्तामोडको केन्द्रभागमा रहेको सो स्थानमा सुविधासम्पन्न व्यापारिक भवनको खाँचो रहेको उनले बताए ।

नगरपालिकाले यही वैशाख ४ गते तेस्रोपटक सार्वजनिक सूचना प्रकाशित गरेर १० दिनभित्र त्यहाँका सम्पूर्ण घरटहरा खाली गर्न सम्बन्धित व्यवसायीलाई अनुरोध गरेको छ । दिइएको म्यादभित्र नहटाइएमा नगरपालिका आफैँले बल प्रयोग गरेर कानुनबमोजिम बुधबारे हटिया खाली गराउने नगरपालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

‘घरटहरा हटाएर बुधबारे हटिया खाली गरिदिन पटकपटक सूचना जारी गरिसकेका छौँ’, प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने, ‘अन्यथा कानुनबमोजिम सम्पूर्ण घरटहरा हटाउनेछौँ र त्यसमा लागेको खर्चसमेत सम्बन्धित व्यक्तिबाटै असुल्नेछौँ’, उनले कानुनबमोजिम हटाउँदा सम्बन्धित व्यक्तिको कुनै धनमालमा क्षति हुन गएमा मालधनी आफैँ जवाफदेही हुनुपर्ने बताए ।

दानवीर देवीप्रसाद प्रसाइको नाममा रहेको सो जग्गा नगरपालिकालाई दानमा प्राप्त भएको अचल सम्पत्ति हो । हाल सो बजारलाई ‘देवीहाट’ भन्ने गरिन्छ । नगरपालिकाले बनाउन लागेको बहुतले व्यापारिक भवनको नाम पनि ‘देवी भवन’ नै राखिएको छ ।

नगरपालिकाले आगामी ५० वर्षसम्मको आवश्यकतालाई दृष्टिगत गरेर आधुनिक व्यापारिक भवन बनाउने योजना अघि सारेको हो । डिपिआरको प्रक्रियामा रहेको सो आधुनिक भवन चार तलाभन्दा अग्लो हुने र भूमिगत दुईतलालाई सुविधायुक्त गाडी पार्किङस्थल बनाइने भनिएको छ ।

नेपाल सरकारको नगर विकास कोषबाट रु एक अर्ब सहुलियत कर्जा तथा अनुदान लिएर बिर्तामोड नगरपालिकाले बहुतले व्यापारिक भवनको योजना अघि बढाएको हो । नगरको कार्यपालिकाबाट नयाँ भवन बनाउने र नगर विकास कोषबाट कर्जा लिनेसम्बन्धी निर्णय भइसकेको छ । तर अस्थायी घरटहरा बनाएर गुजारा चलाइरहेका स्थानीयवासीले भने नगरपालिकाले जबर्जस्ती हटाउन खोजेको भन्दै असहमति जनाएका छन् ।

उनीहरु बहुतले भवनमा ठूला व्यापारी आउने र आफूहरूले व्यवसायबाट हात धुनुपर्ने अवस्था आउने भन्दै नगरको योजनाप्रति असन्तुष्टि प्रकट गरिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिकी अध्यक्ष रञ्जु प्याकुरेलले हाल व्यवसाय गरिरहेकासँग सहमति नगरी सो स्थान खाली गराउने नहुने बताए । सर्वदलीय बैठकमार्फत नगरपालिका नेतृत्वलाई व्यवसायीलाई अन्यत्र उचित व्यवस्थापन नगरी नहटाउन र कर्जाको साटो अनुदानमा व्यापारिक भवन बनाउन सुझाव दिइएको राप्रपा नगर अध्यक्ष प्याकुरेलले जानकारी दिए ।

बिर्तामोड उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले डोजर लगाएर व्यवसायीलाई उठिबास नलगाउन आग्रह गरे । नगरपालिका अभिभावक संस्था भएकाले वर्षौंदेखि त्यस ठाउँमा राज्यलाई कर तिरेर जीविका चलाइरहेका साना व्यवसायीलाई हटाउनुभन्दा पहिले उनीहरुका लागि व्यवसाय गर्ने वैकल्पिक स्थान उपलब्ध गराइनुपर्ने उनको सुझाव छ ।


प्रकाशित मिति: ७ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?