Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

उपेन्द्र यादव मधेशका लागि लड्ने सच्चा नेता हुन् : कांग्रेस सभापति देउवा


७ वैशाख, बारा । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले उपेन्द्र यादव मधेशका लागि लड्ने सच्चा नेता भएको बताएका छन् ।

बिहीबार बारामा भएको उपनिर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू र उपेन्द्र यादव एउटै मन्त्रिपरिषद्मा बसेर काम गरेको बताउँदै यादवको तारिफ गरेका हुन् ।

“मेरो क्याबिनेटमा हामी सँगै काम गरेका हौँ । उहाँ मधेसको अधिकारका लागि क्याबिनेटमा पनि मसँग धेरैपटक झगडा गर्नुभयो, मधेसका लागि लड्नुभयो । उहाँ सच्चा मधेसकाप्रति प्रतिवद्ध योग्य नेताको रुपमा पाएका छौं ।” देउवाले भने ।

देउवाले यस पटकको उपचुनावमा उपेन्द्रलाई जिताएर जनताको सेवा गर्ने अवसर दिन आग्रह गरेका छन् । पाँच वर्षमा राम्रो काम नगरे अर्को पटक भोट दिनु नपर्ने समेत देउवाले बताए ।

बारा २ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि गठबन्धन दलको सहयोगमा जसपा अध्यक्ष यादव उठेका छन् ।

गत मंसिरमा भएको चुनावमा सप्तरी २ बाट उठेका यादव पराजित भएका थिए ।


प्रकाशित मिति: ७ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?