Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

उपेन्द्र यादव मधेशका लागि लड्ने सच्चा नेता हुन् : कांग्रेस सभापति देउवा


७ वैशाख, बारा । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले उपेन्द्र यादव मधेशका लागि लड्ने सच्चा नेता भएको बताएका छन् ।

बिहीबार बारामा भएको उपनिर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू र उपेन्द्र यादव एउटै मन्त्रिपरिषद्मा बसेर काम गरेको बताउँदै यादवको तारिफ गरेका हुन् ।

“मेरो क्याबिनेटमा हामी सँगै काम गरेका हौँ । उहाँ मधेसको अधिकारका लागि क्याबिनेटमा पनि मसँग धेरैपटक झगडा गर्नुभयो, मधेसका लागि लड्नुभयो । उहाँ सच्चा मधेसकाप्रति प्रतिवद्ध योग्य नेताको रुपमा पाएका छौं ।” देउवाले भने ।

देउवाले यस पटकको उपचुनावमा उपेन्द्रलाई जिताएर जनताको सेवा गर्ने अवसर दिन आग्रह गरेका छन् । पाँच वर्षमा राम्रो काम नगरे अर्को पटक भोट दिनु नपर्ने समेत देउवाले बताए ।

बारा २ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि गठबन्धन दलको सहयोगमा जसपा अध्यक्ष यादव उठेका छन् ।

गत मंसिरमा भएको चुनावमा सप्तरी २ बाट उठेका यादव पराजित भएका थिए ।


प्रकाशित मिति: ७ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?