Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

बस दुर्घटनमा एकै ठाउँका २१ घाइते


५ वैशाख ,सप्तरी । सप्तरीको शम्भुनाथमा आज भएको बस दुर्घटनामा एकै ठाउँका २१ जना घाइते भएका छन् । शम्भुनाथ नगरपालिका–८ मिलन चौकस्थित पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १४७९ नम्बरको रिजर्भ बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार २१ यात्रु घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बस चालक झापा बिर्तामोड नगरपालिका–१ का ४३ वर्षीय टङ्क अधिकारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिए ।

बस दुर्घटनामा झापाको बुद्धशान्ति गाउँपालिका–२ बुधबारेका ५० वर्षीय डम्बरकुमारी गौतम, सोही ठाउँकी ६९ वर्षीया जगदेवी अठानी, ६५ वर्षीया देवमाया मगराती, ४५ वर्षीया नरमाया मगराती, ३९ वर्षीया अमृता बजगाई, ५० वर्षीया मीना ढकाल, ५३ वर्षीया कमला सुवेल, ५० वर्षीया हिमा लम्जेल, ६० वर्षीया कमला लम्जेल र ६१ वर्षीया बालकुमारी मगर घाइते भएका छन् ।

उनीहरूको सप्तरीको कल्याणपुरस्थित युनिभर्सल अस्पतालमा उपचार भइरहेको छ । यसैगरी झापाको बुद्धशान्ति–२ कै ५१ वर्षीय बालकिसन मिजार, ४८ वर्षीय बुद्धिमान लिम्बु, ४८ वर्षीय केदार पौडल, ५८ वर्षीया सरिता बोहरा, ४० वर्षीय टीका बोहरा, ३८ वर्षीया गीता मिजार, ३० वर्षीय बिना आचार्य, १४ वर्षीया अस्मिता गुरागाईं र ४७ वर्षीय उमा श्रेष्ठ घाइते भएका छन्।

घाइते हुनेमा झापाको गौरादह गाउँपालिका–४ का ४६ वर्षीय धर्मेन्द्रकुमार श्रेष्ठ र ४० वर्षीया सुष्मा प्रधानसमेत रहेका छन् । उनीहरूको उपचार भने कल्याणपुरस्थित एडभान्स अस्पतालमा भइरहेको छ ।


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?