Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

अण्डाले पाउन थाल्यो मूल्य


५ वैशाख, काठमाडाैँ । अण्डाले मूल्य नपाएपछि कुखुरापालक व्यवसायी ६ महिनाअघि संगठित भए । देशैभरका ठूला व्यवसायी भेला भएर व्यवसाय जोगाउनका लागि अन्तिम प्रयासको थालनी गरे ।

उनीहरूले नेपाल लेयर्स कुखुरापालक संघ गठन गरेर देशव्यापीरूपमा बजारीकरणमा जुटेका थिए । त्यतिबेला अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) को २४० रुपैयाँ हाराहारीमा झरेको थियो ।

विक्रम संवत् २०७९ असोज २९ गते पहिलो भेला भएर संगठन गरेका उनीहरूले बितेका ६ महिनामा देशका अधिकांश जिल्लामा पुगेर त्यहाँका किसान र व्यवसायीसँग छलफल र बजारीकरणमा जुटे । अहिले प्रतिक्रेट ठूलो अण्डाको मूल्य ३७० रुपैयाँ पुगेको छ ।

संघका अध्यक्ष विनोद पोखरेलले यसबीचमा झण्डै ७२ जिल्ला आफूहरू पुगेर बजारीकरणमा काम गरेको जानकारी दिए । उनले भने, ‘३–४ वटा जिल्लाबाहेक सबै जिल्लामा हामी एकपटक पुग्यौं । कति मुख्य बजारमा धेरैपटक पुगेर छलफल गर्‍यौं ।’

व्यवसायीले अवैध भित्रने कुखुराजन्य पदार्थ रोक्न सम्बन्धित निकायसँग अनुरोध समेत गर्दैै आएका छन् । व्यवसायीलाई मूल्यमा एकरूपता कायम गर्न उनीहरूले आग्रह गरेका छन् । किसानका अरु समस्या समाधानका लागि पहल गर्दै आएका छन् ।

‘पोल्ट्री व्यवसाय बचाउनका लागि अन्तिमपटकको हाम्रो यो प्रयास सफलतातिर गएको छ,’ अध्यक्ष पोखरेलले भने । किसानकोमा झण्डै आधा कुखुरा घटेको जनाउँदै उनले लागत मूल्य अझै पाउन नसकेको गुनासो गरे ।

देशभर ३० हजारभन्दा बढी कुखुरा पाल्ने ५० व्यवसायी यो संघमा आवद्ध छन् । अझै १५ जना जति संघमा आवद्ध नभएका बताइएको छ ।

नेपालको पोल्ट्री क्षेत्रमा परिचय कमाएका गुणचन्द्र विष्टलाई संरक्षक बनाएर आफूहरू देशव्यापी अभियानमा जुटेको अध्यक्ष पोखरेलको भनाइ छ । व्यवसायी सुरेश वैद्य, त्रिलोचन कँडेल र शिभाजी साह पनि अभियानमा जुटेका छन् ।


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?