Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

स्वर्णिम वाग्लेले कांग्रेसबाट फाइदा मात्र लिए: सांसद राणा


५ वैशाख, तनहुँ । नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट फाइदा मात्र लिएको र अहिले थप अवसरका लागि पार्टी छोडेर लागेको बताएका छन्।

कांग्रेसका सांसद राणाले नेपाली कांग्रेस सरकारमा हुँदा वाग्ले नेपाल आएर फाइदा लिने र सरकारबाट कांग्रेस बाहिरिएपछि फेरि विदेश जाने गरेको बताए।

सांसद राणाले भने, ‘वाग्ले नेपाली कांग्रेसबाट धेरै फाइदा लिने व्यक्तिमा पर्नुुहुन्छ, सुशील कोइराला प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको सदस्य बन्नुभयो। पछि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा आयोगको उपाध्यक्ष नै बन्नुभयो। देश फर्किएको तीन महिनामै उहाँलाई प्रधानमन्त्री देउवाले आयोगको उपाध्यक्ष बनाउनुभएको थियो। तर उहाँले नै अहिले भने पार्टी सभापतिलाई दोषारोपण गरेर पार्टी छोड्नुभएको छ।’

सोमबार तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य राणाले स्वर्णिम वाग्लेमा अवसरवादी चरित्र भएको आरोप लगाउँदै भने, ‘विसं २०७४ को निर्वाचनमा कांग्रेस सरकारबाट बाहिरिएपछि हामी पाँच वर्ष विपक्षमै बसेर संगठन गर्छौं भनेर बस्यौँ तर वाग्ले भने विदेशिनुभयो। जब कांग्रेस सरकारमा पुग्छ अनि उहाँ नियुुक्तिका लागि टुप्लुक्क आइपुग्नुहुन्छ, सरकारबाट कांग्रेस बाहिरिएपछि उहाँ पनि विदेशिनुहुन्छ।’

कांग्रेसमा विदेश पढेर आएका धेरै नेताहरु भएको उल्लेख गर्दै आफूहरु पनि विदेशमै पढेर आएको तर अवसर नपाउँदा पनि देशमै बसी पार्टीको संगठन गर्ने गरेको सांसद राणाको भनाइ थियो।


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?