Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

स्वर्णिम वाग्लेले कांग्रेसबाट फाइदा मात्र लिए: सांसद राणा


५ वैशाख, तनहुँ । नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट फाइदा मात्र लिएको र अहिले थप अवसरका लागि पार्टी छोडेर लागेको बताएका छन्।

कांग्रेसका सांसद राणाले नेपाली कांग्रेस सरकारमा हुँदा वाग्ले नेपाल आएर फाइदा लिने र सरकारबाट कांग्रेस बाहिरिएपछि फेरि विदेश जाने गरेको बताए।

सांसद राणाले भने, ‘वाग्ले नेपाली कांग्रेसबाट धेरै फाइदा लिने व्यक्तिमा पर्नुुहुन्छ, सुशील कोइराला प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको सदस्य बन्नुभयो। पछि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा आयोगको उपाध्यक्ष नै बन्नुभयो। देश फर्किएको तीन महिनामै उहाँलाई प्रधानमन्त्री देउवाले आयोगको उपाध्यक्ष बनाउनुभएको थियो। तर उहाँले नै अहिले भने पार्टी सभापतिलाई दोषारोपण गरेर पार्टी छोड्नुभएको छ।’

सोमबार तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य राणाले स्वर्णिम वाग्लेमा अवसरवादी चरित्र भएको आरोप लगाउँदै भने, ‘विसं २०७४ को निर्वाचनमा कांग्रेस सरकारबाट बाहिरिएपछि हामी पाँच वर्ष विपक्षमै बसेर संगठन गर्छौं भनेर बस्यौँ तर वाग्ले भने विदेशिनुभयो। जब कांग्रेस सरकारमा पुग्छ अनि उहाँ नियुुक्तिका लागि टुप्लुक्क आइपुग्नुहुन्छ, सरकारबाट कांग्रेस बाहिरिएपछि उहाँ पनि विदेशिनुहुन्छ।’

कांग्रेसमा विदेश पढेर आएका धेरै नेताहरु भएको उल्लेख गर्दै आफूहरु पनि विदेशमै पढेर आएको तर अवसर नपाउँदा पनि देशमै बसी पार्टीको संगठन गर्ने गरेको सांसद राणाको भनाइ थियो।


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?