Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

तिला नदीमा बेपत्ता विश्वकर्माको खोजी जारी


४ वैशाख, कालीकोट । कालीकोटको तिला नदीमा बेपत्ता भएका जिल्ला समन्वय समिति कालीकोटका सदस्य कालीबहादुर विश्वकर्मा अझैँ फेला परेका छैनन् । तिला नदीबाट दाउरा निकाल्ने क्रममा तिलागुफा नगरपालिका–१ भिग्मबाट विश्वकर्मा बेपत्ता भएका थिए ।

शनिबार बिहान ११ बजेतिर तिला नदीमा दाउरा निकाल्न गएका विश्वकर्माको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । गत जेठमा कांग्रेसबाट वडा सदस्य निर्वाचित ३७ वर्षीय विश्वकर्मा भदौमा गठबन्धनको तर्फबाट जिल्ला समन्वय समिति सदस्यमा निर्वाचित भएका थिए ।

उनको स्थानीय र प्रहरीले शनिबारदेखि खोजी गरिरहेको जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालले बताए ।


प्रकाशित मिति: ४ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?