Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

एक सातादेखि धमिलो पानी प्रयोग गर्न बाध्य उपभोक्ता


३ वैशाख ,ताप्लेजुङ । केही दिनयता ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारका बासिन्दा धमिलो पानी प्रयोग गर्न बाध्य छन् । ताप्लेजुङ बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वितरण गर्दै आएको खानेपानी झण्डै एक हप्तादेखि माटोको लेदोसहित धमिलो आइरहेको छ ।

दिनमा दुई समय बिहान र बेलुका उपभोक्ताका घरघरमा प्रवाह हुने पानी हप्तौँदेखि मैलो र धमिलो आएपछि बजारवासी तथा उपभोक्ता मारमा परेका छन् । कतिपयले नजिकका धारा कुवाबाट गाग्रोमा पानी बोकेर प्रयोग गर्दै आएका छन् भने प्रायले त्यही धमिलो पानी प्रयोग गरिरहेका छन् ।

“बिहान बेलुका लेदोसहित धमिलो पानी आइरहेको छ, नजिकै धारा, कुवा पनि छैनन्, त्यही धमिलो पानी प्रयोग गर्न बाध्य छौँ, स्वास्थ्यमा समस्या आउला भन्ने डर हुन थाल्यो”, फुङलिङवासी राजकुमार तामाङले भने । धमिलो तथा फोहर पानी आउने गरेकाले बजार क्षेत्रमा फाट्टफुट्ट धारामा गाग्रोसहित पानी भर्नेको भीड लाग्ने गरेको देखिन्छ ।

घर पायक धारा कुवा हुनेले पानी बोकेर प्रयोग गरे पनि टाढाकाले भने धमिलो पानी नै प्रयोग गर्न बाध्य छन् । यता उपभोक्ता समितिले भने मुहानमा घेराबारा गर्ने तथा सफा गर्ने काम भइरहेकाले पानी धमिलो आइरहेको बताएको छ । “केही दिनदेखि मुहानमा तार जाली लगाएर घेराबारा गर्ने, मुहान सफा गर्नेलगायत काम गरिरहेका छौँ, त्यसैले धमिलो पानी आइरहेको हो, अबको दुई दिनभित्रै काम सक्छौँ”, उपभोक्ता समितिका अध्यक्ष कमल गुरागाईले भने ।

उनका अनुसार धमिलो पानी ट्याङ्कीमा जान नदिन पाइपमार्फत कटाउने प्रयास गरे पनि विभिन्न ठाउँबाट चुहिने भएकाले समस्या आएको हो । ताप्लेजुङमा दुई मुहानको पानी सङ्कलन गरेर वितरण हुँदै आएको छ ।

फुङलिङ नगरपालिकास्थित बुङ्कुलुङ क्षेत्रमा रहेको देवी खोला र पाथीभरा याङ्वरक गाउँपालिकाको नाङ्खोल्याङको गरी दुई ठाउँका मुहान प्रयोग भएका छन् । हाल देवी खोलाको मुहान सरसफाइ गर्ने काम भइरहेको हो ।

धमिलो पानीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर समस्या आइपर्ने भएकाले तत्काल समस्या समाधान गर्नुपर्ने भन्दै बजारबासीले गुनासो गरेका छन् ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?