Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

म्याग्दीका विद्यार्थीले भर्नासँगै पुस्तक पाए


३ वैशाख ,म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाको ज्योति आधारभूत विद्यालयका कक्षा ६ का विद्यार्थीले गत शैक्षिक सत्रमा पूरा पुस्तक बिना नै परीक्षामा सहभागी भएका थिए ।

यसपालि भने नयाँ शैक्षिक सत्रको सुरुआतमै पर्याप्त पुस्तक विद्यालयमा पुगिसकेको प्रअ मीनबहादुर खत्रीले बताए । “गत शैक्षिक सत्रमा कक्षा ६ का विद्यार्थीले अङ्ग्रेजी विषयको पुस्तक बिना नै परीक्षा दिनुपरेको थियो,” उनले भने, “नयाँ शैक्षिक सत्रमा भने भर्ना अभियानसँगै विद्यार्थीको हातहातमा पुस्तक वितरण गर्ने तयारीमा छौँ ।”

ज्योति आधारभूत मात्र नभएर म्याग्दीका दुई सय ५० मध्ये आइतबारसम्म ७० प्रतिशत सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्रको पुस्तक पुगिसकेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका जिल्ला अध्यक्ष नवराज पौडेलले शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहको शिक्षा शाखासँग समन्वय गरेर बेनीमा बिक्री केन्द्र स्थापना गरेर पुस्तक बिक्री वितरणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए। “टाढाका विद्यालयलाई प्राथमिकता दिएर गत चैत २८ गतेदेखि पुस्तक वितरण सुरु गरेका थियौँ,” उनले भने, “धवलागिरि, मालिका, रघुगङ्गा, अन्नपूर्ण र मङ्गला गाउँपालिका तथा बेनी नगरपालिकाको ७० प्रतिशत विद्यालयमा पुस्तक पुगिसकेको छ ।”

जनक शिक्षा सामग्री लिमिटेडको पोखरास्थित बिक्री केन्द्रबाट म्याग्दीका व्यवसायीले आयात गरेको पुस्तक विद्यालयलाई पालिकाअनुसार समय तालिका बनाएर बेनीबाट वितरण गरिएको हो । शिक्षा विकास तथा समन्वय एकाइको तथ्याङ्कका आधारमा प्रतिकक्षा एक हजार चार सयदेखि एक हजार नौ सय सेटको हाराहारीमा पुस्तक आयात गरिएको थियो ।म्याग्दीमा वार्षिक रु एक करोड मूल्य बराबरको पुस्तक खपत हुन्छ ।

अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविका प्रअ शान्तबहादुर नेपालीले आइतबारदेखि विद्यालय भर्नासँगै विद्यार्थीलाई हातहातमा पुस्तक वितरण गर्न थालिएको बताए । बेनी नगरपालिका–१० को विद्योदय आधारभूतका प्रअ गोविन्द पौडेलले समयमै विद्यार्थीको हातमा पुस्तक उपलब्ध भएपछि सिकाइ उपलब्धि वृद्धिमा सहयोग पुग्ने बताए ।

“विद्यार्थीसँग पुस्तक भयो भने स्वअध्ययन गर्न पाउँछन्,” उनले भने, “शिक्षकले पढाएको सहजै बुझ्न र सम्झन सजिलो हुन्छ ।” यसपालि निजी छापाखानामा पनि पुस्तक छपाइ भएकाले पठनपाठन सुरु हुनुअघि नै विद्यार्थीको हातमा पुस्तक पुर्याउन सफल भएको बेनीको प्रकाश माविका शिक्षक शिव पौडेलले बताए ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?