Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

चन्द्रागिरिका संस्थागत विद्यालयमा छात्रवृत्तिका लागि निवेदन खुला


३ वैशाख ,काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले आगामी शैक्षिक सत्रमा चन्द्रागिरिभित्रका संस्थागत विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी निवेदन आह्वान गरेको छ ।

चन्द्रागिरि नगरपालिकाको शिक्षा शाखाले आज एक सूचना प्रकाशित गरी चन्द्रागिरि नगरपालिका नगरस्तरीय छात्रावृत्ति व्यवस्थापन समितिको चैत २० गतेको निर्णयानुसार संस्थागत विद्यालयमा शैक्षिक सत्र २०८० मा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रावृत्तिका लागि निवेदन आह्वान गरेको हो ।

सो नगरपालिकाले छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०७९ को परिच्छेद–४ दफा ७ को उपदफा ३ को ३४ प्रतिशत नगरपालिकाको छात्रवृत्ति बैंकका लागि निवेदन आह्वान गरेको हो ।

छात्रवृत्तिका लागि निवेदन दिन चाहने विद्यार्थीले चन्द्रागिरि नगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०७९ को दफा ८ को उपदफा ६ बमोजिम आवश्यक कागजात साथ सम्बन्धित विद्यालयमा वैशाख १८ गतेसम्म बुझाउन अनुरोध गरेको छ ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?