Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

संसद् भवनमा प्रधानमन्त्री हराएको सुचना…


३ वैशाख, काठमाडाैँ । नेकपा एमालेका नेता रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको भन्दै सुचना पढेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले बैठकमा प्रधानमन्त्री आउन छोडेको भन्दै खोजीको आग्रह गरेका हुन् ।

उनले प्रहरीले मानिस हराएको सूचना निकाल्ने शैलीमा संसदमा प्रधानमन्त्री हराएको सूचना पढेका थिए ।

उनले सुचना पढ्दै उल्लेख गरे, ‘नागरिकताको नाम : श्री पुष्पकमल दाहाल, चलचल्तीको नाम : प्रचण्ड । स्थायी ठेगाना : फेरि नै राख्ने । स्थायी ठेगाना : कहिले खुमलटार कहिले बालुवाटार । हुलिया : पहिलेपहिले कोट पाइन्ट लगाउने गरे पनि हाल दौरासुरुवाल र टोपी पनि लगाउने । उमेर : ६५ नाघेको ७० नपुगेको जस्तै देखिने । उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमै आउनै छाडेको उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद् भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला । उहाँ अन्तिमपटक देखिएको स्थान : बालुवाटार छेउछाउ।’


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?