Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

संसद् भवनमा प्रधानमन्त्री हराएको सुचना…


३ वैशाख, काठमाडाैँ । नेकपा एमालेका नेता रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको भन्दै सुचना पढेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले बैठकमा प्रधानमन्त्री आउन छोडेको भन्दै खोजीको आग्रह गरेका हुन् ।

उनले प्रहरीले मानिस हराएको सूचना निकाल्ने शैलीमा संसदमा प्रधानमन्त्री हराएको सूचना पढेका थिए ।

उनले सुचना पढ्दै उल्लेख गरे, ‘नागरिकताको नाम : श्री पुष्पकमल दाहाल, चलचल्तीको नाम : प्रचण्ड । स्थायी ठेगाना : फेरि नै राख्ने । स्थायी ठेगाना : कहिले खुमलटार कहिले बालुवाटार । हुलिया : पहिलेपहिले कोट पाइन्ट लगाउने गरे पनि हाल दौरासुरुवाल र टोपी पनि लगाउने । उमेर : ६५ नाघेको ७० नपुगेको जस्तै देखिने । उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमै आउनै छाडेको उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद् भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला । उहाँ अन्तिमपटक देखिएको स्थान : बालुवाटार छेउछाउ।’


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?