Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

रवि लामिछाने चुनाव जिते फेरी उपनिर्वाचन हुन्छ : योगेश भट्टराई


३ वैशाख, चितवन । नेकपा एमालेका सचिव योगेश भट्टराईले रवि लामिछाने चुनाव जिते पुनः उपनिर्वाचन हुने दाबी गरेका छन् । आइतबार बिहान चितवनको पत्रकार सम्मेलनमा बोल्दै उनले लामिछानेले जनतामा भ्रम छर्दै हिँडेको आरोप समेत लगाएका छन् ।

उनले पत्रकार सम्मेलनमा भने,’लामिछानेले गल्ती गरेको होइन ढाँटेको हो। समाजलाई ढाट्नु अपराध हो । यो पाँच वर्ष ढाँटेको कुरामा प्रायश्चित गरेर बस्न पर्थ्यो । तर उहाँ जनतामा उल्टै भ्रम छरेर बस्नु भएको छ ।’

भट्टराईले मन्त्री छोड्नु अघिल्लो रात सार्वजनिक खरिद ऐनविरुद्ध ठेक्काको निर्णय गरेर लामिछाने बाहिरिएको समेत बताएका छन् । उनले सुशासनको कुरा उठाउने लामिछानेले गरेको कामले उनैको धज्जी उडेको समेत टिप्पणी गरे ।

‘उहाँको भर्जिनिटी समाप्त भइसक्यो , उहाँ अर्गानिक हुनुहुन्न। गृहमन्त्री भएर छोटो समयमा गरेको कामले नै प्रष्ट पारे । मन्त्री छोड्नु अघिल्लो रात सार्वजनिक खरिद ऐनविरुद्ध ठेक्काको निर्णय भएको छ । हामी माथि सुशासनको कुरा उठाउने लामिछानेले गरेको कामले उनैको धज्जी उडायो ।’ उनले भने ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?