Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

‘ने–पेमाछाल’मा पर्यटन प्रवद्र्धन गर्न कार्यक्रम


३ वैशाख ,सिन्धुपाल्चोक । सङ्घीय राजधानी काठमाडौँबाट सबैभन्दा नजिक रहेको जुगल हिमालअन्तर्गतका आठ हिमालको आधार शिविर नजिक ने–पेमाछाल उपत्यकामा पर्यटन प्रवद्र्धनका विविध कार्यक्रम आयोजना गरिएका छन् ।

शनिबार ने–पेमाछालमा आयोजित कार्यक्रममा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, सांसद माधव सापकोटा ‘सुबोध’, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो र उपाध्यक्ष हिमालकुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्वको ने–पेमाछालमा लामा गुरुहरूले पूजा, जिन्लब, डुप्सी, छेवाङ तथा धार्मिक पर्यटन प्रवद्र्धनका लागि विधिपूर्वक विविध कार्यक्रम गरेको सिन्धु पर्यटन परिषद्का सचिव मिलन तामाङले जानकारी दिए ।

जुगल गाउँपालिकाका अध्यक्ष स्याङ्बोले नयाँ वर्षको अवसरमा ने–पेमाछालमा प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिएकोे जानकारी दिए । यसबाट जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग मिल्ने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहभागिता जनाउन चार दिनअघि नै हिँडेका आन्तरिक पर्यटक ने–पेमाछालमा जम्मा भएका थिए । गाउँपालिका आफैँले छानेका यात्रीलाई पालिका प्रमुख स्याङ्बो र उपाध्यक्ष श्रेष्ठले चनौटेस्थित रत्नराज्य माविबाट चार दिनअघि बिदाइ गरेका थिए ।

थपियो उत्साह विसं २०७५ बाट आरोहण खुला गरिएको जुगलअन्तर्गतका अन्य हिमालसमेत खुला गर्ने सरकारी निर्णयले यस क्षेत्रमा खुसी थपिएको छ । काठमाडौँबाट तीन दिनमै पुग्न सकिने नजिकको गन्तव्यका हिमाल आरोहण खुला गर्ने निर्णयले सिन्धु पर्यटनमा थप टेवा पुग्ने विश्वास गरिइएको छ ।

गत चैत २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले जुगल हिमालअन्तर्गत ‘जुगल १’ देखि ‘जुगल ५’ नामकरण भएका थप पाँच चुचुरा आरोहण खुला गर्ने र पाँच वर्षसम्म शुल्क नलिने निर्णय गरेको थियो ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?