Trending
>>   आन्दोलनको मानसिकता बनाएर बस्नू, कुनैपनि बेला आन्दोलनमा जानुपर्ने हुनसक्छ: केपी ओली >>   १९ विधामा उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपालदेखि नबिल बैंकसम्म पुरस्कृत >>   ५० करोडसम्म कारोबार गर्ने कम्पनीमध्ये सर्वाधिक कर तिर्ने इम्पेरियल सेक्युरिटिज सम्मानित >>   मकवानपुरमा ६ किलो चरेससहित दुई जना पक्राउ >>   महाधिवेशनपछि बिग्रिएको खुलामञ्चको स्वरूप फर्काउँदै काँग्रेस, दुबो रोपेर दियो संरक्षणको सन्देश (तस्बिरसहित) >>   आईजीपी हटाउने विषयमा रास्वपाले सरकारलाई कुनै निर्देशन दिएको छैनः प्रवक्ता खरेल >>   रास्वपाको २० सदस्यीय टोली १० दिने चीन भ्रमणमा, तीन विषयमा केन्द्रित हुने >>   लुम्बिनीसँग हारपछि विराटनगर किङ्स प्लेअफ पुग्न असफल >>   गंगासागरमा छठ मनाउँदै निकिता पौडेल, शुरु गरिन् धार्मिक अनुष्ठान >>   मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँः रवि लामिछाने
Logo
१ मंसिर २०८३, मंगलवार
१ मंसिर २०८३, मंगलवार

आन्दोलनको मानसिकता बनाएर बस्नू, कुनैपनि बेला आन्दोलनमा जानुपर्ने हुनसक्छ: केपी ओली


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र सांगठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन दिएका छन् ।

आईतवार काठमाडौंमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको तत्कालीन राजनीतिक अवस्थालाई मध्यनजर गरेर आन्दोलनमा उत्रिनुपर्ने पार्टीसामु मुख्य कार्यभार रहेको भन्दै त्यसको लागि तयारी अवस्थामा बस्नुपर्नेमा उनको जोड छ । उहाँले आन्दोलन सधैं लामो तयारीपछि मात्रै नभई परिस्थिति असह्य भएपछि तत्काल शुरु गर्नुपर्ने अवस्था आउनसक्ने समेत बताएका छन् । अध्यक्ष ओलीले सन् १९१७ को रुसी विद्रोहको उदाहरण दिँदै निर्वाचन, जनविद्रोह तथा उपद्रवकारी क्रियाकलापको माध्यमबाट परिवर्तन सम्भव हुने बताएका छन् । एमालेले विगतदेखि नै विभिन्न राजनीतिक चुनौती र दमनको सामना गर्दै आएको दाबी गर्दै उनले पञ्चायतकाल र राजा महेन्द्रको शासनकालमा समेत पार्टीलाई समाप्त पार्ने प्रयास भएको उल्लेख गरेका छन् । उनले अहिले पनि नेपालको सबैभन्दा मजबुत, देशभक्त र लोकतान्त्रिक शक्ति नेकपा एमाले भएको जिकिर समेत गरेका छन् । उनले नागरिकमा बेचैनी र निराशा बढ्दै गइरहेको भन्दै यस्तो अवस्थामा नेकपा (एमाले) वैचारिक रुपमा स्पष्ट भएर जनपक्षीय आन्दोलनको बाटोमा जानुपर्ने बताएका छन् ।

उनले भने, ‘हाम्रो पार्टीको केन्द्रिय कमिटीले हाम्रो अगाडि दुई वटा महत्वपूर्ण कार्यभार रहेको छ भनेर भनेको छ । एउटा, हामीले आवश्यकता अनुसार आन्दोलन गर्नुपर्ने हुन्छ, आन्दोलनको तयारीको मानसिकताका साथ साथिहरु सधैं हरदम तयार हुनुहोला । आन्दोलन सधैं लामो तयारी गरेर मात्र हुन्छ भन्न सकिँदैन । असह्य भएपछि आन्दोलन तत्काल निस्किन्छ । उहिले १९१७ मा रुसमा दुई दिनको ठूलो विद्रोहबाट सत्ता उलटफेर भएको थियो । कहीँ विद्रोहबाट, कहीँ निर्वाचनबाट कहीँ जनविद्रोबाट भने कहीँ उपद्रवबाट उलटफेर हुँदो रहेछ भन्ने हामीले हेरेका छौँ । मानिसहरुलाई राज्य संयन्त्रको प्रयोगलाई पृष्ठभागमा राखेर उपद्रवकारीहरुलाई अग्रभागमा सारेर परिवर्तन हुँदा रहेछन् । तसर्थ कुनैपनि समयमा आन्दोलनमा जानुपर्छ साथिहरु त्यसको तयारीमा जुट्नुहोला । मानसिक रुपले पनि तयार रहनुहोला । हामी अफ्ठ्याराहरुसँग जुधेर आउने बानी परेको छ । जाडोमा हिमालमा तपस्या गर्ने तपस्वी जस्तो, गर्मीमा तराईका धुपमा गएर आगो बाले तपस्या गर्ने तपस्वी जस्तो हिउँले पोलेपनि, आगोले पोलेपनि तपस्या गर्ने र आफ्नो तप् पूरा गर्ने बानी परेका छौँ हामी । हामीमाथि के गरिएन ? आज मात्र होइन हामीलाई उहिलेदेखि नै सिध्याउन खोजिएको हो । पञ्चायत कालमा, राजा महेन्द्रको शासन कालमा हामीलाई सिध्याउन खोजियो । त्यही कारण हामीले झापामा पार्टीलाई पुनर्गठन गरेर आज यहाँसम्म ल्याइपु¥याएका छौँ ।’

उनले केहीले निर्वाचनमार्फत पार्टी निर्माण गर्ने तयारी गरिरहेको भन्दै नेकपा (एमाले) पार्टी बनाउन नभई पार्टी लिएर निर्वाचनमा होमिनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: १ मंसिर २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?