Trending
>>   विश्व मधुमेह दिवसमा निःशुल्क स्वास्थ्य शिविर >>   छठका लागि स्वदेशी केराको भर, मूल्यमा भने उपभोक्ताको गुनासो >>   ह्वाइट हाउसनजिक गोली चल्दा एक जनाको मृत्यु, चार घाइते >>   रुस–युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदानको तयारी >>   कोप–३१ मा नेपाल र कोरियाबीच कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी सम्झौता >>   बलरका लागि धेरै फेबर हुने पिच भयो– चितवनका मालन >>   जितपछि चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो >>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग >>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने
Logo
२८ कार्तिक २०८३, शनिबार
२८ कार्तिक २०८३, शनिबार

विश्व मधुमेह दिवसमा निःशुल्क स्वास्थ्य शिविर


काठमाडौं । नेपाल मधुमेही समाजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

विश्व मधुमेह दिवसको अवसरमा समाजले शनिवार काठमाडौमा निःशुल्क स्वास्थ्य शिविर तथा प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो । शिविरमा चिनीरोग सम्बन्धी रक्त परीक्षण, रक्तचाप परीक्षण, अक्सिजन परीक्षण एसपीओटु लेबिल मापन, मिर्गौला रोग सम्बन्धी रक्त परीक्षण गरिएको थियो । त्यसैगरी मधुमेहका कारण आँखामा पर्न सक्ने असर पहिचान गर्न डायबेटिक रेटिनोप्याथी स्क्रिनिङ, खुट्टाको स्नायु परीक्षण (डायबेटिक न्युरोप्याथी) पनि गरिएको समाजले जनाएको छ ।

समाजका अनुसार वरिष्ठ चिकित्सकहरूबाट सहभागीहरुलाई स्वास्थ्य परामर्श सेवा पनि उपलब्ध गराईएको थियो । यस्तै प्रभातफेरीमार्फत मधुमेह रोगको जोखिम, समयमै परीक्षण, नियमित स्वास्थ्य जाँच, स्वस्थ जीवनशैली र रोग नियन्त्रणका उपायबारे जनचेतना फैलाउने सन्देश प्रवाह गरिएको समाजले जनाएको छ ।

मधुमेह रोगको समयमै पहिचान, नियमित परीक्षण तथा उचित उपचारको महत्वलाई जनसमुदायसम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ । शिविरमा स्थानियहरुको उल्लेख्य सहभागीता रहेको थियो ।


प्रकाशित मिति: २८ कार्तिक २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?