Trending
>>   फिल्डिङमा चुकिरहेका छौं– सन्दीप लामिछाने >>   जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ पूजामा सहभागी हुने रवि लामिछानेको तयारी >>   बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद >>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन
Logo
२६ कार्तिक २०८३, बिहीबार
२६ कार्तिक २०८३, बिहीबार

बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद


काठमाडौँ। सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।

खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा २३१ किलो ८०० ग्राम गाँजा फेला परेको हो । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलामा गाँजा लुकाइएको विशेष सूचनाका आधारमा प्रहरीले राति करिव १ बजे खोजतलास गरेको थियो । सो क्रममा खाल्डोभित्र लुकाएर राखिएको गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीकाअनुसार गाँजा लुकाइएको स्थानमा भने कोही पनि व्यक्ति फेला परेनन् । बरामद पदार्थको विषयमा थप अनुसन्धान भइरहेको छ । सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले विभिन्न नदी तथा खोलाको बाटो प्रयोग गरी गाँजा भारततर्फ तस्करी हुने गरेको बताएका छन् । दुर्गम नदी क्षेत्रलाई तस्करीको माध्यम बनाउने गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको जनाएको छ ।


प्रकाशित मिति: २६ कार्तिक २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?