Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

घोडाबाँधेमा फहराइए एक सय ९८ देशका झण्डा


२ वैशाख ,ढोरपाटन । बागलुङको घोडाबाँधे भ्युटारमा एक सय ९८ देशका झण्डा फहराइएको छ । भ्युटावरलाई विश्व सांस्कृतिक ग्रामका रुपमा विकास गर्न यहाँ झण्डा फहराएर सुरुआत गरिएको हो ।

जिल्लाको काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको सङ्गमस्थलमा पर्ने भ्युटार क्षेत्र उच्च पहाडी क्षेत्रमा पर्छ । यहाँबाट उच्च पहाडसँगै दजर्नौँ हिमशृङ्खला देखिने र विदेशी पर्यटकको रोजाइमापर्ने भएको हुँदा भ्युटावरलाई प्रवद्र्धन गर्न थालिएको पर्यटन अभियन्ता कृष्ण केसीले बताए ।

उनले नयाँ वर्षको अवसरमा ग्लोबल कल्चर भिलेज नेपालले प्रचारप्रसारका लागि झण्डा फहराएर सुरुआत गरेको बताए । धौलागिरि–ढोरपाटन वृहत परियोजना तयार गरेर यहाँको विकास गरिने केसीको भनाइ छ ।

यस परियोजनाअन्तरगत धौलागिरि, निलगिरि, ढोरपाटन र कालीगण्डकीको प्रवद्र्धन गरने केसी बताछन् । घोडाबाँधेमा संसारकै ठूलो घोडाको मूर्तिसमेत निर्माण गरिने उनको भनाइ छ । केसी भन्छन्, “घोडाबाँधे क्षेत्र यस्तो ठाउँ हो, जन नेपालमा बिरलै छन्, पर्यटकीय हिसाबले प्रचुर सम्भावना भए पनि प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेको छ, यसको प्रचारलाई व्यापक बनाउन हामीहरूले एक सय ९८ देशका झण्डा फरफराएका छौँ, अब स्थानीय तह, प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर यसको विकास गर्ने योजना बनाएका छौँ ।”

केसीले भ्युटार क्षेत्रलाई ‘वल्ड कल्चर भेलेज’का रुपमा विकास गर्ने बताए । उनले विश्वका कला, संस्कृतिलाई यहाँ संरक्षित गरी आन्तरिक तथा बाह्य पर्यटक बनाउने योजना बनाएको सुनाए ।

गण्डकी प्रदेशसभा सदस्य कुसुम बुढा मगरले स्थानीय भूगोल, सम्पदा, संस्कृतिको पहिचान र चिनारीबाट पर्यटन प्रवद्र्धन गर्न स्थानीय जनसमुदाय जागरुक हुन आवश्यक रहेको बताईन । जिल्लामा अनगिन्ती पर्यटकीय क्षेत्र रहेको र ती क्षेत्र प्रचारप्रसारका कारण पछाडि परेको बताईन ।

भ्युटावरको प्रचारप्रसारका लागि गलकोट नगरपालिकाका, जैमिनी नगरपालिकाका बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि चासो दिएका छन् ।


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?