Trending
>>   मधेस सरकारको भविष्यबारे काँग्रेस लचिलोः ‘अहिले नै बहुमत गुमेको भन्नु हतार हुन्छ’ >>   पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरणः छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग >>   नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्बिरसहित) >>   आइजिपि नियुक्तिबारे ओलीः उनीहरूको भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला >>   न्याय सम्पादनमा ढिलाइ र फैसला कार्यान्वयनमा देखिएका समस्या अन्त्य गर्न जरुरीः मन्त्री गौतम >>   मुलुक ‘सर्वसत्तावाद’ तर्फ धकेलियोः राप्रपा अध्यक्ष लिङदेन >>   जोखिमयुक्त विद्यालयको स्थानान्तरण गर्ने क्रम शुरु भएको छः शिक्षा मन्त्रालय >>   शव पहिचानका लागि पहिलोपटक डीभीआई टोली गठन, डीएनए परीक्षण उपकरणसमेत ल्याइयो >>   राष्ट्रिय ख्रिष्टियन महासंघमा विवादः अनाधिकृत समूहद्वारा कीर्ते र कब्जाको प्रयास भइरहेको महासंघको दाबी >>   राजनीतिक दलका बारेमा फैलाइएका भ्रम चिर्न तथ्य र प्रमाणमा आधारित बहस आवश्यकः पूर्वराष्ट्रपति भण्डारी
Logo
१८ कार्तिक २०८३, बुधबार
१८ कार्तिक २०८३, बुधबार

मुलुक ‘सर्वसत्तावाद’ तर्फ धकेलियोः राप्रपा अध्यक्ष लिङदेन


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको आडमा मुलुक ‘सर्वसत्तावाद’ तर्फ उन्मुख भएको बताएका छन् ।

बुधवार पार्टीको काठमाडौं जिल्ला कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधि र कानूनभन्दा आदेश र लहरका भरमा राज्य सञ्चालन भइरहेको आरोप लगाएका हुन् । अध्यक्ष लिङदेनले पछिल्लो समय सरकारी निकायहरूमा भइरहेका विवादास्पद निर्णय र कर्मचारी सरुवालाई सरकारको स्वेच्छाचारी चरित्रको संज्ञा दिएका छन् । उनले विशेषगरी सुनकोशी मरिण डाइभर्सन आयोजना र राहदानी विभागका घटनाहरूमा राज्यको भुमिका शङ्कास्पद रहेको औंल्याएका छन् । पक्राउ गरिएका अधिकारीहरूलाई कुन सम्झौताका आधारमा मुक्त गरियो भनी प्रश्न गर्दै उनले यसको जवाफदेहिता सरकारले लिनुपर्ने बताएका छन् । १६ अर्बको टेण्डर प्रक्रिया रद्ध गर्दा राज्यलाई भएको घाटा वा फाइदाका बारेमा सरकार मौन रहनुले भ्रष्टाचारको जालो बलियो भएको उनको दाबी छ ।

लिङदेनले मुलुकको राजनीतिमा नेता, कर्मचारी, व्यापारी र विचौलियाको गठजोडले राज्य संयन्त्रलाई वन्धक बनाएको पुरानो आरोप दोहोर्याएका छन् । अदालतलगायतका संवैधानिक निकायहरूमा भइरहेका पछिल्ला घटनाक्रमले आफूहरूको दाबीलाई पुष्टि गरेको उनले जिकिर गरे । वर्तमान सरकार पनि विगतकै बाटो पछ्याउँदै सुधारको सट्टा विवादमा फसेको उनको भनाइ छ ।

उनले भने, ‘हामीले आफ्नो जीवनकालमै ठूला राजनीतिक परिवर्तन देखेका छौँ । तर आज लोकतन्त्र र जनमतकै नाममा मुलुकमा सर्वसत्तावादको खतरा बढ्दै गएको छ । विधि र नियमभन्दा आदेश र लहरका आधारमा राज्य सञ्चालन हुने प्रवृत्तिले लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न खडा गरेको छ । हालका प्रहरी प्रशासनका अधिकारीहरूको नियुक्ति तथा हटाउने प्रक्रिया, विभिन्न सरकारी अधिकारीहरूको पक्राउ र पुनःस्थापनाजस्ता घटनाले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र, व्यापारी र विचौलियाबीचको सम्बन्ध तथा राज्यका निकायमा देखिएका विकृतिबारे पनि गम्भीर समीक्षा आवश्यक छ । त्यसैले राष्ट्रिय प्रजातन्त्र पार्टी अब सत्ता र व्यक्तिगत स्वार्थबाट माथि उठेर राष्ट्रिय हितलाई केन्द्रमा राख्दै अघि बढ्नुपर्छ । आगामी महाधिवेशनबाट पार्टीलाई सुधारिएको, परिमार्जित र रूपान्तरित बनाउँदै जनतामाझ नयाँ विश्वासका साथ प्रश्तुत गर्नु आजको आवश्यकता हो ।’

आफ्नो पार्टीभित्रको अवस्थाबारे बोल्दै उहाँले राष्ट्रिय स्वार्थभन्दा माथि उठ्न कार्यकर्तालाई आग्रह गरेका छन् । विगतमा सत्ता र व्यावसायिक स्वार्थका लागि राप्रपाको प्रयोग भएको स्वीकार गर्दै उहाँले अब हुने महाधिवेशनबाट पार्टीलाई ‘सुध्रिएको र परिवर्तित’ बनाएर जनतामा लैजानुपर्ने आवश्यकता औंल्याएका छन् ।


प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?