Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?


काठमाडौँ ।पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता आनन्द पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत सम्बन्धमा दिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अर्थमन्त्री वाग्लेले नेपालको सार्वभौमिकता र अखण्डतालाई गुमराहमा राख्ने दुष्प्रयास गरेको आरोप लगाएका छन् । केही दिन अघि अर्थमन्त्री वाग्लेले भारतमा आयोजित एक सार्वजनिक टेलिभिजन कार्यक्रममा बोल्दै ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्दै अभिव्यक्ति दिएका थिए । पोखरेलले अर्थमन्त्री वाग्लेको उक्त आत्मसर्पणवादी चिन्तन मुलुकको हितकर हुन नसक्ने टिप्पणी गरेका छन् । उनले अर्थमन्त्री वाग्लेको उक्त धारणाबारे सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा सार्वजनिक गर्न समेत माग गरेका छन् । नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा अब भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? उनको प्रश्न छ । उनले सरकार र सत्तारुढ दल रास्वपाले नेपाललाई सिक्किमीकरण गर्न खोजिरहेको आशंका समेत व्यक्त गरेका छन् । उनले अहिले मुलुकको मुख्य समस्या भारत र नेपालबीचको सम्बन्धको नभई नेपालभित्रै रहेका दल र नागरिकबीच राष्ट्रियताको सम्बन्धमा भएको विरोधाभास भएको उनको भनाइ छ । उनले भने, ‘अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको सार्वभौमिकता र अखण्डतालाई गुमराहमा राख्ने दुष्प्रयास गरेका छन् । भारतमा गएर आत्मसर्पणवादी चिन्तन पेश गरेका छन् । जुन कुनैपनि हालतमा नेपालको हितमा हुन सक्दैन । त्यसकारण म राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रियताको सवालमा दृष्टिकोण के हो ? के रास्वपाको पनि स्वर्णिम वाग्लेको जस्तै चिन्तन र दृष्टिकोण हो । र उसले आर्थिक विकासको नाममा के गर्न चाहान्छ ? मुलुकको आर्थिक विकास र सम्पन्नताको नाममा भुटान बनाउने हो ? भुटानको जस्तै सार्वभौमिकतालाई सीमित गर्ने हो, परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा अब भारतको सहमतिमा चल्ने राष्ट्रको रुपमा बनाउने स्यापलाइट राष्ट्र बनाउन चाहेको हो ? के बिस्तारै नेपाललाई सिक्किमीकरण गर्न चाहेको हो ? यसको सुरुवात शुरुमा प्रधानमन्त्री बालेन्द्रजीले नेपालले समेत भारतको सीमा मिचेको छ भनेर गर्नुभएको थियो । यही कुराको निन्तरता अहिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिइरहनुभएको छ । त्यसकारण अहिलेको समस्या भारत र नेपालको होइन । नेपालको राजनीतिक दल र राष्ट्रिय स्वतन्त्र पार्टी र बाँकी नेपाली जनताको बीचको अन्तरविरोध हो । आज राष्ट्रियताको हामी आफैँ विभाजित छौँ । मान्छेको चिन्तन नै विभाजित छ ।’ उनले सरकारले राष्ट्रियताका सम्बनधमा आम नागरिकलाई विभाजित गर्न खोजिरहेको आरोप पनि लगाएका छन् ।

काठमाडौँ ।पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता आनन्द पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत सम्बन्धमा दिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अर्थमन्त्री वाग्लेले नेपालको सार्वभौमिकता र अखण्डतालाई गुमराहमा राख्ने दुष्प्रयास गरेको आरोप लगाएका छन् । केही दिन अघि अर्थमन्त्री वाग्लेले भारतमा आयोजित एक सार्वजनिक टेलिभिजन कार्यक्रममा बोल्दै ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्दै अभिव्यक्ति दिएका थिए । पोखरेलले अर्थमन्त्री वाग्लेको उक्त आत्मसर्पणवादी चिन्तन मुलुकको हितकर हुन नसक्ने टिप्पणी गरेका छन् । उनले अर्थमन्त्री वाग्लेको उक्त धारणाबारे सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा सार्वजनिक गर्न समेत माग गरेका छन् । नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा अब भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? उनको प्रश्न छ । उनले सरकार र सत्तारुढ दल रास्वपाले नेपाललाई सिक्किमीकरण गर्न खोजिरहेको आशंका समेत व्यक्त गरेका छन् । उनले अहिले मुलुकको मुख्य समस्या भारत र नेपालबीचको सम्बन्धको नभई नेपालभित्रै रहेका दल र नागरिकबीच राष्ट्रियताको सम्बन्धमा भएको विरोधाभास भएको उनको भनाइ छ ।

उनले भने, ‘अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको सार्वभौमिकता र अखण्डतालाई गुमराहमा राख्ने दुष्प्रयास गरेका छन् । भारतमा गएर आत्मसर्पणवादी चिन्तन पेश गरेका छन् । जुन कुनैपनि हालतमा नेपालको हितमा हुन सक्दैन । त्यसकारण म राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रियताको सवालमा दृष्टिकोण के हो ? के रास्वपाको पनि स्वर्णिम वाग्लेको जस्तै चिन्तन र दृष्टिकोण हो । र उसले आर्थिक विकासको नाममा के गर्न चाहान्छ ? मुलुकको आर्थिक विकास र सम्पन्नताको नाममा भुटान बनाउने हो ? भुटानको जस्तै सार्वभौमिकतालाई सीमित गर्ने हो, परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा अब भारतको सहमतिमा चल्ने राष्ट्रको रुपमा बनाउने स्यापलाइट राष्ट्र बनाउन चाहेको हो ? के बिस्तारै नेपाललाई सिक्किमीकरण गर्न चाहेको हो ? यसको सुरुवात शुरुमा प्रधानमन्त्री बालेन्द्रजीले नेपालले समेत भारतको सीमा मिचेको छ भनेर गर्नुभएको थियो । यही कुराको निन्तरता अहिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिइरहनुभएको छ । त्यसकारण अहिलेको समस्या भारत र नेपालको होइन । नेपालको राजनीतिक दल र राष्ट्रिय स्वतन्त्र पार्टी र बाँकी नेपाली जनताको बीचको अन्तरविरोध हो । आज राष्ट्रियताको हामी आफैँ विभाजित छौँ । मान्छेको चिन्तन नै विभाजित छ ।’

उनले सरकारले राष्ट्रियताका सम्बनधमा आम नागरिकलाई विभाजित गर्न खोजिरहेको आरोप पनि लगाएका छन् ।


प्रकाशित मिति: ११ कार्तिक २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?