Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल


रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल

काठमाडौँ ।सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले पार्टीका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित नभएको बताएका छन् ।

बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सबै सांसदका गतिविधि व्यक्ति विशेषको नियन्त्रणमा नरहेको स्पष्ट पारेका हुन् । प्रत्येक सांसद आ–आफ्नो क्षमता, विवेक र बलबुताका आधारमा अघि बढिरहेको उनको भनाइ छ । सत्तारुढ दलका सांसदहरुले नै सरकारको आलोचना गरेको विषयप्रति उनले सरकारलाई सुझाव दिनु तथा भएका कमजोरी सुधार्न दबाब दिनु सरकार ढाल्ने प्रयासका रुपमा बुझ्न नहुने उनको भनाइ छ । उनले मुलुकको विकास हेर्ने चाहना राख्ने दलहरुले सरकार ढाल्ने गतिविधिमा लाग्नुभन्दा सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले प्रतिपक्षी दलहरुले तिहार र छठपछि आन्दोलन गरेर सरकार ढाल्ने भन्दै सार्वजनिक रुपमा दिएका अभिव्यक्तिप्रति आपत्ति समेत जनाएका छन् । सरकार पाँच वर्ष चलाउन जनताले झन्डै दुई तिहाइ मतसहित रास्वपालाई मत दिएको भन्दै कसैले चाहाना राख्दैमा सरकार नढल्ने उनको दाबी छ ।

उनले भने, ‘सरकारलाई सबै कुरा थाहा हुँदैन । सरकारसमक्ष केही कुरा पुर्याउनको लागि सत्तापक्षका सांसदहरुले पनि प्रतिपक्ष जसरी प्रश्तुत हुनुपर्छ । हामी सत्तापक्षका सांसदहरु त्यसैगरी बोलेको तपाईंहरुले देख्नुभएको छ नि ? त्यसकारण कुनै एक जनाको निर्देशनबाट पार्टीका सबैं सांसदहरु लागेका छैनन् । सबै आआफ्नो क्षमाता र बलबुतामा नै अगाडि बढिरहेका छन् । केही नेताहरुले सरकार आफैं फुटेर ढल्छ भन्ने कुरा गरेको पनि सुनिन्छ । यस्तो हुने कुनै सम्भावना छैन । पुराना पुस्ताका नेताहरुभन्दा बढी भोग्नुपर्ने त हामीहरुले छ नि । यो देश बन्यो भने दाईहरुलेभन्दा बढी मैले भोग्ने हो क्या । यदि मुलुकको विकास हेर्ने रहर छ भने हामी सरकार ढाल्न लाग्छौँ त ? सबैलाई झन मिलाएर लैजान्छौँ । गल्ती भएको कुरा सुधारेर लैजान्छौँ । कहिलेकाँही गल्ती भएको कुरा त सरकारले स्वीकारेको छ नि । हामीलाई जनताले पाँच वर्ष ढुक्कले सरकार चलाउ भनेर झन्डै दुई तिहाई मत दिएर पठाएको छ नि । त्यसकारण तिहार, छठपछि आन्दोलन गरेर सरकार ढालिदिन्छौँ भन्ने कुरामा मलाई चाँही विश्वास लाग्दैन । सरकार ढले हामी सत्तामा पुग्नसक्थ्यौँ भनेर उहाँहरुले कल्पना गर्ने कुरा स्वभाविक हो । तर हामीले देश चलाउनको लागि राजनीति गरेका हौँ सांसद र मन्त्री बन्नको लागि मात्र होइन ।’

उनले पार्टीभित्र विमति राख्ने र असन्तुष्ट पक्षलाई समेत समेटेर लैजान आफूहरु प्रतिबद्ध रहेको उनको भनाइ छ ।


प्रकाशित मिति: ११ कार्तिक २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?