Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

दानदाताको सहयोगले चल्छन् संस्कृत गुरुकुल


२ वैशाख, तनहुँ । राष्ट्रियता, मानवता र विश्वबन्धुत्वको विकासका लागि सनातन धर्म, संस्कार र आर्य संस्कृतिको संरक्षण, संवर्द्धन तथा संस्कृत शिक्षाको आवश्यकतालाई मध्यनजर गरी संस्कृत ज्ञानविज्ञानको प्रचारप्रसार गर्ने उद्देश्यले तनहुँको देवघाटधाममा गुरुकुल सञ्चालित छन् ।

वटुकलाई सनातन धर्म, संस्कार र संस्कृतिका बारेमा ज्ञान दिने उद्देश्यले यहाँ सातवटा गुरुकुल सञ्चालित छन् । यहाँका सबै गुरुकुल दाताको सहयोग र मुठ्ठीदानको भरमा छन् । देवघाटधाममा नानीका लागि तीन र बाबुका लागि चार गुरुकुल छन् । यहाँ तनहुँ, चितवन र नवलपुरका बटुक अध्ययनरत छन् ।

तनहुँमा वटुकका लागि महेश सन्यास आश्रमद्वारा सञ्चालित मेहश संस्कृत गुरुकुल, गलेश्वर आश्रमले सञ्चालन गरेको वेदवेदाङ्ग संस्कृत गुरुकुल, हरिहर आश्रमले सञ्चालन गरेको परमानन्द संस्कृत गुरुकुल र माताजीले सञ्चालन गरेको माँ कल्याणी गुरुकुल छन् ।

गुरुकुलमा करिब सात सय वटुक अध्ययनरत रहेको महेश सन्यास आश्रमका व्यवस्थापक सन्तोष गिरीले जानकारी दिए । उनका अनुसार प्रत्येक गुरुकुलमा करिब दुई सय २५ देखि ७५ सम्म वटुक अध्ययनरत छन् । ‘नानीका लागि सञ्चालित गुरुकुलमा करिब ५० बटुक छन्, नानीहरूको गुरुकुलमा कक्षा ८ सम्म अध्ययन हुन्छ, कक्षा वृद्धि गर्दै लैजाने गरी सञ्चालन गरिएको हो’, उनले भने । महेश गुरुकुलमा शास्त्री र आचार्य ९स्नातक र स्नातकोत्तर, परमानन्द गुरुकुलमा शास्त्रीसम्म अध्यापन भइरहेकामा आचार्यसम्मको पठनपाठन सुरुआत गर्ने तयारी भइरहेको गरेको उनले बताए ।

वेदवेदाङ्गमा यसअघि कक्षा १० सम्म अध्ययन हुने गरेकामा अहिले शास्त्रीसम्मको अध्यापन सुरु गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त गरी परीक्षामा सहभागी गराउँदै आएको व्यवस्थापक गिरीले बताए । शास्त्री तथा आचार्यका लागि नेपाल संस्कृत विश्वविद्यालय दाङबाट सम्बन्धन प्राप्त गरी अध्यापन भइरहेको उनको भनाइ थियो ।

‘सबै गुरुकुल एउटै प्रकृतिका छन्, आवासीयसहित वटुकलाई अध्ययनको व्यवस्थापन गरिएको छ’, व्यवस्थापक गिरीले भने, ‘आर्थिक व्यवस्थापन गर्न समस्या छ, दानदाताको भरमा यहाँका आश्रम तथा गुरुकुल सञ्चालित छन् ।’ उनका अनुसार यहाँका सबै गुरुकुल मुठ्ठीदानको भरमा सञ्चालित छन् ।

गुरुकुल नियमित सञ्चालन र भौतिक विकास गरी दुई पाटोमा विभाजन गरी व्यवस्थापन गरिएको छ । नियमित सञ्चालनतर्फ गुरु र कर्मचारीलाई तलब, वटुकलाई खान र शिक्षाका लागि खर्च छुट्टाइन्छ ।

संस्कृत शिक्षालाई परिस्कृत र संरक्षण गरिरहनका लागि सरकारले रुचि राख्नेमा वटुकलाई सहज हुने गरी अध्ययनको व्यवस्थापन गर्न सकिने गुरुकुलको भनाइ छ । संस्कृत विषयको छुट्टै नभई मूलधारकै विषय भएको महसुस गराउन आवश्यक रहेको प्रधानाचार्य पौडेलले बताए । आधुनिक शिक्षासँगै संस्कृत शिक्षामा रुचि राख्ने बालबालिकालाई अध्ययनका लागि सरकारबाटै उचित व्यवस्थापन भए गुरुकुलमा बसेर अध्ययन गर्नुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ थियो ।


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?