Trending
>>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ


पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रक्राउबारे संयोजक दाहाल–‘छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिना कारण पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् ।

सोमवार सिंहदरबारस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बिनाकारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने दुःशाहस गरिराखे सरकारले धेरै ठूलो मूल्य चुकाउनुपर्ने बताएका हुन् । उनले पूर्वप्रधानन्यायाधीश शम्शेरलाई पक्राउ गरेर न्यायालयलाई तर्साउन खोजेकोतर्फ संकेत गर्दै ‘छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारकै लागि घातक हुने टिप्पणी गरेका छन् । उनले अगामी दिनमा यस्तो दुःशाहस नगर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् । उनले कसैलाई असुरक्षा भए पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनुपर्ने बताएका छन् ।

उनले भने,‘यो सरकारको लागि भारी पर्छ । यही तरिकाले सरकार चलाउने कोशिस, दुस्साहस भइराख्यो भने यसको मूल्य धेरै ठूलो पर्छ भन्न चाहन्छु । र यस्तो घटना नदोहोर्याउनको लागि म सरकारको गम्भीर ध्यानाकर्षण पनि गराउन चाहान्छु । यो लाटो मान्छेले पनि बुझेको छ सुरक्षा थ्रेट भन्ने कुरा बहानाबाजी हो भन्ने कुरा । यदि त्यसो भने त सुरक्षा बढाइदिने हो नि । युएनमा प्रधानमन्त्रीले जे बोल्नुपथ्र्यो त्यही लाइनमा बोलेको देख्छु । अर्को कुरा के हो भने हामीले कसैलाई बढाईचढाई गर्न जरुरी पनि छैन । बालेनजीको ठाउँमा अरु कोही गएको भएपनि अहिले बोल्ने त्यही कुरा हुन्थ्यो । बालेन गएर यो कुरा बोले अरु गएको भए बोल्दैन्थ्यो भन्ने कुरा सोचियो भने त्यो पनि सही हुँदैन । पूर्वप्रधानन्यायाधीश पक्राउ गरेर छोड्नुको तथ्य त विस्तारै बाहिर आउँदै जान्छ । जे भएपनि यदि सरकारले यदि छोरीलाई पिटेर बुहारी तर्साउन खोजेको हो भने यो पनि घातक हुन्छ ।’

संयोजक दाहालले संयुक्त राष्ट्रसंघ ८१ औँ प्रधानमन्त्री बालेन्द्र साहले गरेको सम्बोधन मुलुकले भोगिरहेको समस्याका हिसावले स्वभाविक रहेको प्रतिक्रिया दिएका छन् । उनले प्रधानमन्त्री साहको सम्बोधनको विषयलाई अनावश्यक बढाइचढाइ गर्न नहुने बताएका छन् ।


प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?