Trending
>>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी


एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी

काठमाडौ।नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रिय कमिटीको बैठक आज बिहान ९ बजेदेखि ललितपुरमा जारी छ ।

पार्टीका केन्द्रिय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी रहेको बैठकमा प्रत्येक सदस्यका लागि अधिकतम तीन मिनेटको समय सीमा निर्धारण गरिएको छ । नेकपा एमालेको केन्द्रिय कमिटी बैठक पार्टीको सांगठनिक सुदृढीकरण र आगामी रणनीति तय गर्ने उद्देश्यसहित बसिरहेको छ ।

बैठकमा सहभागी केन्द्रिय सदस्यहरूले पार्टीको आन्तरिक एकता, समसामयिक राजनीतिक परिस्थिति र आगामी योजनाका विषयमा आ–आफ्नो धारणा राख्ने क्रम जारी राखेका छन् । पार्टी नेतृत्वले सबै सदस्यहरूलाई आफ्ना विचार संक्षिप्त रूपमा प्रश्तुत गर्नका लागि तीन मिनेटको समय तोकेको छ । निर्धारित समयभित्रै आफ्ना महत्वपूर्ण सुझाव र आलोचना राख्नुपर्ने भएकाले सदस्यहरूले पार्टीको प्राथमिकताका विषयमा केन्द्रित रहेर आफ्ना धारणा राखिरहेका छन् ।

बैठकमा प्रश्तुत हुने धारणा र सुझावहरूलाई पार्टीले आगामी नीति तथा कार्यक्रम तय गर्न आधारका रूपमा प्रयोग गर्ने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: ७ आश्विन २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?