Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

देश अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको छः लिङदेन


दिपेन्द्र बिस्त -९८५१०४०७९७ सुजन पुधसैनी जिलिङ्ग -९८५११११३९१ काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले जेन–जी विद्रोहपछि जनतामा आशा जाग्ने काम हुन नसकेको बताएका छन् । जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अघि बढ्न नसकेको भन्दै उनले मुलुक अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको टिप्पणी गरेका हुन् । आईतवार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनमा बोल्दै लिङदेनले विद्रोह जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार जनताको अपेक्षा पूरा हुने वातावरण बन्न नसकेको बताए । उनले जनतामा आशा जाग्ने अवस्था सिर्जना हुनुको सट्टा राजनीतिक तरलता र अनिश्चितता झन् बढ्दै गएको दाबी गरेका छन् । उनले भने ‘जुन विद्रोह भएको थियो, जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार जनतामा आशा जाग्ने काम हुन सकेको छैन । जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अगाडि बढ्न सकेको देखिँदैन । बरु, देशमा आशा जाग्नुको सट्टा अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको अवस्था छ । राजनीतिक तरलता र अनिश्चय झन् बढ्दै गएको छ ।’ लिङदेनले राजनीतिक परिस्थितिमा झन् तरलता बढेको र मुलुकको भविष्यबारे अनिश्चयसमेत गहिरिँदै गएको बताएका छन् । उनकाअनुसार जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा देश अघि बढ्न नसक्दा विद्रोहपछि पनि अपेक्षित परिवर्तनको अनुभूति हुन सकेको छैन ।

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले जेन–जी विद्रोहपछि जनतामा आशा जाग्ने काम हुन नसकेको बताएका छन् ।

जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अघि बढ्न नसकेको भन्दै उनले मुलुक अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको टिप्पणी गरेका हुन् । आईतवार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनमा बोल्दै लिङदेनले विद्रोह जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार जनताको अपेक्षा पूरा हुने वातावरण बन्न नसकेको बताए । उनले जनतामा आशा जाग्ने अवस्था सिर्जना हुनुको सट्टा राजनीतिक तरलता र अनिश्चितता झन् बढ्दै गएको दाबी गरेका छन् ।

उनले भने ‘जुन विद्रोह भएको थियो, जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार जनतामा आशा जाग्ने काम हुन सकेको छैन । जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अगाडि बढ्न सकेको देखिँदैन । बरु, देशमा आशा जाग्नुको सट्टा अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको अवस्था छ । राजनीतिक तरलता र अनिश्चय झन् बढ्दै गएको छ ।’

लिङदेनले राजनीतिक परिस्थितिमा झन् तरलता बढेको र मुलुकको भविष्यबारे अनिश्चयसमेत गहिरिँदै गएको बताएका छन् । उनकाअनुसार जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा देश अघि बढ्न नसक्दा विद्रोहपछि पनि अपेक्षित परिवर्तनको अनुभूति हुन सकेको छैन ।


प्रकाशित मिति: २८ भाद्र २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?