Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली


प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी, सङ्कीर्णतावादी तथा स्वतन्त्रताविरोधी कदम लामो समय टिक्न नसक्ने दाबी गरेका छन् ।

जनचेतना र राजनीतिक परिवर्तनको प्रभाव निकै अघि बढिसकेको भन्दै उहाँले यस्ता कदमले परिवर्तनको यात्रालाई लामो समय रोक्न नसक्ने बताएका हुन् । आईतवार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा छापा माध्यम बचाउ सुझाव कार्यदलले बुझाएको ध्यानाकर्षणपत्र ग्रहण गर्दै ओलीले नेपाली जनताको सङ्घर्ष निरन्तर उपलब्धितर्फ अघि बढिरहेको बताएका छन् । उनले नेपालको राजनीतिक परिवर्तनको यात्रामा कहिले राणा शासन, कहिले पञ्चायत र कहिले अधिनायकवादी सोचले अवरोध पुर्याए पनि जनताको सङ्घर्ष नरोकिने बताए । कहिलेकाहीँ आन्दोलन सुस्त भएको वा अवरोध आएको देखिए पनि त्यसलाई स्थायी रोकावटका रूपमा लिन नहुने उनको भनाइ छ ।

उनले राणा शासन १०४ वर्ष र पञ्चायत व्यवस्था ३० वर्ष चलेको तथा ज्ञानेन्द्रले २०६१ माघ १९ मा प्रत्यक्ष शासनको प्रयास गरे पनि २०६३ वैशाख ११ मा त्यसको अन्त्य भएको स्मरण गरे । त्यसपछि २०६५ जेठ १५ गते राजतन्त्र नै समाप्त भएको उल्लेख गर्दै उनले राजनीतिक परिवर्तनलाई उल्ट्याउने प्रयास लामो समय सफल हुन नसक्ने बताएका छन् । ओलीले अहिलेको जनचेतनाको स्तर र राजनीतिक परिवर्तनको ऐतिहासिक महत्त्व जनताले बुझेका कारण परिवर्तनको यात्रालाई लामो समय रोक्न सम्भव नरहेको दाबी गरेका छन् । उनले समर्थक तथा नागरिकलाई धैर्य राख्न आग्रह गरे पनि निष्क्रिय भएर पर्खेर नबस्न सुझाव दिएका छन् । संघर्षबाट पछि हटे उपलब्धि गुम्न सक्ने भन्दै उनले निरन्तर आवाज उठाउन आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले भने, ‘मैले अघि नै भनेँ, हामी लामो समयदेखि सङ्घर्ष गर्दै आएका छौँ र उपलब्धि हासिल गर्दै यो ठाउँसम्म आइपुगेका छौँ । हाम्रो सङ्घर्षमा कहिलेकाहीँ अवरोध आएको छ, गति सुस्त भएको छ, अधिनायकवादी सोच र व्यवस्थाले रोकेको छ । राणा शासनदेखि पञ्चायतसम्म र त्यसपछि पनि विभिन्न समयमा हाम्रो यात्रालाई रोक्ने प्रयास भए । तर अहिले जनचेतना जुन स्तरमा पुगेको छ र स्वतन्त्रता तथा परिवर्तनको ऐतिहासिक महत्त्व जनताले जुन रूपमा बुझेका छन्, त्यस अवस्थामा प्रतिगामी वा स्वतन्त्रताविरोधी कदमले लामो समयसम्म टिक्न सम्भव छैन । राणा शासन १०४ वर्ष टिक्यो, पञ्चायत करिव ३० वर्ष टिक्यो र ज्ञानेन्द्रको प्रत्यक्ष शासन पनि लामो समय टिक्न सकेन । इतिहासले देखाइसकेको छ । जनताको चेतना र परिवर्तनको चाहनालाई लामो समय रोक्न सकिँदैन । त्यसैले म तपाईंहरूलाई धैर्य गर्न आग्रह गर्छु, तर पर्खेर बस्न होइन । आफ्नो आवाज निरन्तर उठाइरहनुपर्छ । लक्ष्मीप्रसाद देवकोटाको कविताको एउटा भाव छ–‘नलडी कोही हुँदैन विजेता । त्यसैले गिभअप नगर्नुहोस्, ह्यान्ड्सअप नगर्नुहोस् । तपाईंहरूको आवाज सही छ । त्यसलाई निरन्तरता दिनुहोस् ।’

उनले अधिकार र स्वतन्त्रताको पक्षमा उठेको आवाजलाई निरन्तरता दिन आग्रह गर्दै संघर्षबाट ‘गिभ अप’ वा ‘ह्यान्ड्स अप’ गरे परिवर्तनको सम्भावना समाप्त हुने बताएका छन् ।


प्रकाशित मिति: २८ भाद्र २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?