Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

जलवायु परिवर्तनको कारण सिर्जित विपत्तीको असमान भार थेग्न अब नेपाल बाध्य हुन सक्दैनः सभामुख अर्याल


जलवायु परिवर्तनको कारण सिर्जित विपत्तीको असमान भार थेग्न अब नेपाल बाध्य हुन सक्दैनः सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले विश्वव्यापी जलवायु परिवर्तनको कारण सिर्जित विपत्तीको असमान भार थेग्न अब नेपाल बाध्य हुन नसक्ने बताएका छन् ।

दक्षिण एसिया वन्यजन्तु कानून कार्यान्वयन सञ्जालको प्रथम महासभालाई बिहीवार राजधानी काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली नागरिकको लागि जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह पनि गरेका छन् । उनले १० भदौमा रसुवाको भोटेकोशी र त्रिशूली नदिमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पर्याएको उल्लेख गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरण र प्रभावित मुलुकलाई न्याय दिन विश्व समुदाय गम्भीर बन्नुपर्ने बताएका छन् । सभामुख अर्यालले वन्यजन्तु अपराध नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य अपरिहार्य रहेको पनि बताएका छन् । उनले अवैध वन्यजन्तु व्यापार संरक्षणको विषयमा मात्र सीमित नभई कानूनको शासन, सार्वजनिक संस्था, अर्थतन्त्र र स्थानीय समुदायको जीविकोपार्जनसँग समेत जोडिएको बताएका छन् ।

उनले भने, ‘२०८३ भदौ १० गते नेपालमा आएको प्राकृतिक महाविपत्तिका कारण हजारौं नागरिकले ज्यान गुमाउनुभएको छ, हजारौं बेपत्ता हुनुहुन्छ र हजारौ नागरिक घरबारविहीन हुनुभएको छ । अर्बौँ रुपैयाँ बराबरको सम्पती नष्ट भएको छ भने लाखौं वन्यजन्तुमा समेत यसको असर परेको छ । यस महाविपत्तिको मूल कारण हामी नेपाली नभई विश्वव्यापी जलवायु परिवर्तन हो भन्ने कुरामा दुई मत छैन । जलवायु परिवर्तनका लागि ज्यान गुमाउनुभएका ती निर्दोष नागरिकहरू कुनै पनि रूपमा कारक थिएनन् । आफ्नो कुनै गल्ती नभए पनि यस विपत्तिको मार खेप्न बाध्य ती नागरिकहरूप्रति अब विश्व मञ्चले गम्भीरतापूर्वक मनन गर्नुपर्ने बेला आएको छ । जलवायु परिवर्तनको असमान भार थेग्न अब नेपाल बाध्य हुन सक्दैन । नेपाली नागरिकले जलवायु न्याय पाउनु अत्यावश्यक छ ।’

उनले वन्यजन्तु अपराधको स्वरूप र प्रविधि परिवर्तन हुँदै गएकाले कानूनी तथा संस्थागत संयन्त्रलाई पनि समयानुकूल सुदृढ गर्न आवश्यक रहेको बताएका छन् ।


प्रकाशित मिति: २५ भाद्र २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?