Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

रास्वपामा कुनै गुट छैनः सभापति लामिछाने


रास्वपामा कुनै गुट छैनः सभापति लामिछाने

काठमाडौं ।सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र कुनै गुट वा समूह नरहेको दाबी गरेका छन् ।

सोमवार चःमतिस्थित पार्टी केन्द्रीय कार्यालयमा ‘क्याण्डिडेट क्लव’ घोषणा गर्नेक्रममा उनले यस्तो दाबी गरेका हुन् । उनले पार्टीको महाधिवेशन सम्पन्न भएसँगै पार्टी समायोजनको सम्पूर्ण काम सकिएको भन्दै गुटबन्दीमा नलाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले रास्वपामा एउटै पार्टी र एउटै नेतृत्व रहेको दाबी गर्दै फरक–फरक गुटको अस्तित्व रहन नसक्ने बताएका छन् । उनले कसैले आफूलाई कुनै गुट वा नेतासँग जोडेर परिचय दिएपनि त्यसलाई मनोरञ्जनबाहेक अन्य रूपमा लिन नसकिने उनको जिकिर छ ।

उनले भने,‘महाधिवेशनको समाप्ती सँगसँगै पार्टी समायोजनको सम्पूर्ण काम समाप्त भइसकेको छ । हामी एउटा रास्वपा छ, एउटा लिडरसिप छ । अलग अलग छैन । फरक फरक छैन । कसैले म यो गुटको म त्यो गुटको भन्न सक्ला । मेरो नेता यो हो, त्यो हो पनि भन्न सक्ला । त्यसबाहेक मनोरञ्जनबाहेक केही पनि लिन सकिँदैन । यो कुरामा मस्पष्ट गर्न चाहन्छु ।’

सभापति लामिछानेले स्थानीय तह निर्वाचनमा पार्टी संगठन निर्माणमा योगदान दिने उम्मेदवारलाई प्राथमिकता दिइने समेत स्पष्ट पारेका छन् ।


प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?