Trending
>>   मोबाइलसँगै बाथरुम पस्दै हुनुहुन्छ ? हुन सक्छ यस्तो समस्या ! >>   मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैनः महामन्त्री पौडेल >>   फिल्डिङमा चुकिरहेका छौं– सन्दीप लामिछाने >>   जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ पूजामा सहभागी हुने रवि लामिछानेको तयारी >>   बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद >>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी
Logo
२७ कार्तिक २०८३, शुक्रबार
२७ कार्तिक २०८३, शुक्रबार

राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा


राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा

काठमाडौँ। नेपाली काँग्रेसका निःवर्तमान सभापति शेरबहादुर देउवाले मुलुकको वर्तमान परिस्थितिमा राष्ट्रियता, लोकतन्त्र र जनताको हितका लागि आफू जुनसुकै भुमिका निर्वाह गर्न तयार रहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा पार्टीको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले साझा उद्देश्य र संकल्प भएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि संवादको ढोका खुला राख्नुपर्नेमा जोड दिएका छन् । उनले मुलुक संकटमा रहेका बेला संवाद, सहमति र सहकार्यका माध्यमबाट राजनीति अघि बढाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र नागरिक सर्वोच्चता आफ्नो जीवनको मूल आधार भएको भन्दै देउवाले यी मूल्य–मान्यताप्रति जीवनको अन्तिम समयसम्म अटल रहने बताए । उनले पार्टीभित्रको विवादमा सर्वोच्च अदालतबाट न्याय पाउने कुरामा आफू विश्वस्त रहेको पनि बताएका छन् ।

उनले भने,‘मुलुकको यो विभिन्न परिस्थितिमा राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भूमिका निर्वाह गर्न आफूलाई तयार राखेको छु । साझा उद्देश्य र संकल्प भएका सबै राजनीतिक शक्तिहरुसँग सहकार्य गर्न छलफलको ढोका खोल्नुपर्छ । संकटमा संवाद, सहमति र सहकार्यमा हाम्रो राजनीति अगाडि बढाउनुपर्छ । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र नागरिक सर्वोच्चतामा मेरो जीवनको मूल आधार हो । यी मूल्यमान्यताप्रति म जीवनको अन्तिम समयसम्म पनि अटल रहनेछु । हामीले व्यक्तिगतभन्दा पार्टीको सम्पूर्ण एकता, राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्छ ।’

निःवर्तमान सभापति देउवाले व्यक्तिगत स्वार्थभन्दा पार्टीको सम्पूर्ण एकता र राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्नेमा समेत जोड दिएका छन् ।


प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?