Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

पोखरा महानगरद्वारा कृषि एम्बुलेन्स सञ्चालन


१ वैशाख, पोखरा। पोखरा महानगरपालिकाले आजबाट पोखरामा कृषि एम्बुलेन्स सञ्चालन गरेको छ। महानगरको कृषि तथा पशुपन्छी महाशाखाले आयोजना गरेको कृषिउपज बजारस्थल बिरौटामा आयोजित विशेष कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले एम्बुलेन्स सेवाको सुरुवात गरेका हुन्।

उनले विभिन्न वडामा उत्पादन भएका कृषि उपजलाई सुरक्षित तवरले बजार र उपभोक्तासम्म पुर्‍याउन एम्बुलेन्स सञ्चालन गरेको जानकारी दिँदै कृषकका उत्पादनले सही समयमा बजारसम्म पहुँचको अवस्था सिर्जना हुने बताए।

कृषकलाई आत्मनिर्भर बनाउन उनीहरुद्वारा उत्पादित बजारको सरल र सहज पहुँचको आवश्यता रहेको जनाउँदै महानगरले कृषकमैत्री कार्यक्रममा जोड दिएको उनको भनाइ थियो ।

महानगरका कृषि तथा पशुपन्छी महाशाखा प्रमुख मनोज कडरियाले एम्बुलेन्स सञ्चालनसँगै अब उत्पादनले सही समयमै बजार पाउने र उपभोक्ता र कृषक दुवैले लाभ लिन पाउने बताए।

उनका अनुसार, कार्यक्रममा कृषकले आफ्नो वडाको वा पायक पर्ने कृषिउपज सङ्कलन केन्द्रमा सम्पर्क गरी उक्त सेवा लिन सक्नेछन्।

महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले एम्बुलेन्सले वडाका सङ्कलन केन्द्रबाट रेफ्रिजरेटरसहितको एम्बुलेन्सले सङ्कलन गर्ने गरी फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजना (कोइका) सँगको सहकार्यमा पोखरा महानगर पालिकाले सञ्चालन गर्ने जानकारी दिए।

कार्यक्रममा पोखरा महानगरका आर्थिक प्रशासन प्रमुख बोधराज कार्की, महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनालगायतले कृषि एम्बुलेन्सले महानगरका कृषक र उपभोक्ता दुवै लाभान्वित हुने र तरकारी तथा फलफूललाई आयातलाई कम गर्न सघाउ पुर्‍याउने बताए।


प्रकाशित मिति: १ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?