Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

ठोस इन्धनयुक्त अन्तरमहाद्विपीय क्षेप्यास्त्र प्रक्षेपण गरेको उत्तर कोरियाको दाबी


१ वैशाख, एजेन्सी । उत्तर कोरियाले बिहीबार ठोस इन्धनयुक्त अन्तरमहाद्विपीय क्षेप्यास्त्र ९आइसिबिएम० प्रक्षेपण गरेको दाबी गरेको छ ।

उक्त क्षेप्यास्त्र हालसम्म गरिएका प्रक्षेपणभन्दा सबैभन्दा शक्तिशाली हो । प्रक्षेपणलाई चमत्कारिक सफलता भन्दै उत्तर कोरियाली सञ्चारमाध्यमले त्यसको स्वागत गरेका छन् ।

ठोस इन्धन क्षेप्यास्त्रहरू तरल इन्धनबाट सञ्चालित क्षेप्यास्त्र शीघ्र प्रहार गर्न सकिन्छ भने त्यसलाई रोक्न कठिन हुन्छ । यद्यपि विश्लेषकहरूले उक्त क्षेप्यास्त्रका नकारात्मक पक्ष पनि भएका बताएका छन् ।

दक्षिण कोरियाले भने उत्तरलाई पूर्ण रुपमा सञ्चालन हुने ठोस इन्धनयुक्त आइसिबीएम विकास गर्न थप समय लाग्ने बताएको छ । वर्षौँको अथक प्रयासपछि उत्तरले छोटो दूरीमा मार हान्नसक्ने ठोस इन्धनयुक्त क्षेप्यास्त्र परीक्षण गरेपछि लामो दूरीमा प्रहार गर्नसक्ने आइसिबीएम पहिलोपटक हिजो परीक्षण गरेको हो ।

लामोसमयसम्म तरल इन्धनयुक्त क्षेप्यास्त्र परीक्षण गरेको उत्तरले लामो धेरै लामो समयसम्म सञ्चालन गर्न नसकिने क्षेप्यास्त्रको सट्टा ठोस इन्धनबाट सञ्चालन हुने शक्तिशाली आइसिबीएम प्रक्षेपण गरेको हो ।

विज्ञहरूका अनुसार हिजोको परीक्षण प्योङयाङको हतियार विकास कार्यक्रममा एउटा प्रमुख सफलता हो । यो परीक्षणबाट प्योङयाङले अमेरिकालाई कुनै चेतावनी बिना नै आक्रमण गर्न सक्षम बनाएको छ । हिजो गरिएको परीक्षण ह्वासोङ–१८ हो । यसले उत्तरको आक्रमक सैन्य रणनीतिलाई प्रतिबिम्बित गर्ने उनीहरू बताउँछन् ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयले ठोस आइसिबीएम नयाँ प्रविधि नभएको जनाउँदै हिजो उत्तरले गरेको परीक्षण आइसिबीएम प्रणाली विकासमा मध्यम श्रेणीको भएको बताएको छ । यद्यपि हिजोको परीक्षणले उत्तर कोरियाका प्रतिद्वन्द्वीलाई डर र चिन्ताले ग्रस्त पारेको छ । उत्तर कोरियाली नेता किम जोङ उनले हिजो आफ्नी छोरी, श्रीमती र बहिनीसँगै प्रक्षेपणको अवलोकन गरेका थिए ।

प्योङयाङको उक्त परीक्षणबाट जापानको उत्तरी होक्काइडोमा त्रासको वातावरण छाएको थियो । बिहीबार बिहानै जापानले छोटो सूचना जारी गरेर सतर्क रहन चेतावनी दिएको थियो । सूचना जारी गरेको आधा घण्टापछि क्षेप्यास्त्र आफ्नो क्षेत्रभित्र नपरेको र त्यहाँका बासिन्दालाई कुनै जोखिम नरहेको बताएको थियो । त्यहाँका विद्यालयहरूमा पठनपाठन ढिलो शुरु भयोभने केही रेल सेवा बन्द गरिएको थियो ।

अमेरिका , जापान र दक्षिण कोरियाले उत्तर कोरियाली कदमको निन्दा गर्दै उसले प्रतिबन्धित क्षेप्यास्त्र परीक्षणको आरोप लगाएको छ । कोरियाली प्रायद्वीपमा तनाव बढाउने मुख्य दोष अमेरिकामाथि लगाउँदै चीनले हालै भएको अमेरिकी र कोरियाली सेनाको संयुक्त अभ्यास हो भनेको छ । साथै बेइजिङले सबै पक्षलाई शान्त एवम् संयमित हुन आह्वान गरेको छ ।


प्रकाशित मिति: १ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?