Trending
>>   मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा >>   काँग्रेस महामन्त्री शर्मालाई एमालेको जवाफः कुलिङ अफ पिरियड व्यवस्था नराख्ने संशोधनको विषयमा आफ्नै सभापतिसँग सल्लाह… >>   राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे >>   एन्फा यु–१६ः मनाङ र श्री भगवतीको जित >>   जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह >>   जनार्दन शर्मा लक्षित प्रचण्डको टिप्पणीः फरक मतबाट सिंगौरी खेल्नेलाई प्रशस्त समय दिएको छु >>   गणतन्त्र त आयो तर झारपात पलाएः महासचिव चन्द >>   सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिक संख्या २३ लाख नाघ्यो >>   ओलीलक्षित माधवको टिप्पणीः अरु आउँदा मेरो नेतृत्व खोसिएला भनेर पार्टी प्रवेश गर्न दिइएन >>   मधेसको खानेपानीको समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी राख्दैनः प्रधानमन्त्री
Logo
७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

ठोस इन्धनयुक्त अन्तरमहाद्विपीय क्षेप्यास्त्र प्रक्षेपण गरेको उत्तर कोरियाको दाबी


१ वैशाख, एजेन्सी । उत्तर कोरियाले बिहीबार ठोस इन्धनयुक्त अन्तरमहाद्विपीय क्षेप्यास्त्र ९आइसिबिएम० प्रक्षेपण गरेको दाबी गरेको छ ।

उक्त क्षेप्यास्त्र हालसम्म गरिएका प्रक्षेपणभन्दा सबैभन्दा शक्तिशाली हो । प्रक्षेपणलाई चमत्कारिक सफलता भन्दै उत्तर कोरियाली सञ्चारमाध्यमले त्यसको स्वागत गरेका छन् ।

ठोस इन्धन क्षेप्यास्त्रहरू तरल इन्धनबाट सञ्चालित क्षेप्यास्त्र शीघ्र प्रहार गर्न सकिन्छ भने त्यसलाई रोक्न कठिन हुन्छ । यद्यपि विश्लेषकहरूले उक्त क्षेप्यास्त्रका नकारात्मक पक्ष पनि भएका बताएका छन् ।

दक्षिण कोरियाले भने उत्तरलाई पूर्ण रुपमा सञ्चालन हुने ठोस इन्धनयुक्त आइसिबीएम विकास गर्न थप समय लाग्ने बताएको छ । वर्षौँको अथक प्रयासपछि उत्तरले छोटो दूरीमा मार हान्नसक्ने ठोस इन्धनयुक्त क्षेप्यास्त्र परीक्षण गरेपछि लामो दूरीमा प्रहार गर्नसक्ने आइसिबीएम पहिलोपटक हिजो परीक्षण गरेको हो ।

लामोसमयसम्म तरल इन्धनयुक्त क्षेप्यास्त्र परीक्षण गरेको उत्तरले लामो धेरै लामो समयसम्म सञ्चालन गर्न नसकिने क्षेप्यास्त्रको सट्टा ठोस इन्धनबाट सञ्चालन हुने शक्तिशाली आइसिबीएम प्रक्षेपण गरेको हो ।

विज्ञहरूका अनुसार हिजोको परीक्षण प्योङयाङको हतियार विकास कार्यक्रममा एउटा प्रमुख सफलता हो । यो परीक्षणबाट प्योङयाङले अमेरिकालाई कुनै चेतावनी बिना नै आक्रमण गर्न सक्षम बनाएको छ । हिजो गरिएको परीक्षण ह्वासोङ–१८ हो । यसले उत्तरको आक्रमक सैन्य रणनीतिलाई प्रतिबिम्बित गर्ने उनीहरू बताउँछन् ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयले ठोस आइसिबीएम नयाँ प्रविधि नभएको जनाउँदै हिजो उत्तरले गरेको परीक्षण आइसिबीएम प्रणाली विकासमा मध्यम श्रेणीको भएको बताएको छ । यद्यपि हिजोको परीक्षणले उत्तर कोरियाका प्रतिद्वन्द्वीलाई डर र चिन्ताले ग्रस्त पारेको छ । उत्तर कोरियाली नेता किम जोङ उनले हिजो आफ्नी छोरी, श्रीमती र बहिनीसँगै प्रक्षेपणको अवलोकन गरेका थिए ।

प्योङयाङको उक्त परीक्षणबाट जापानको उत्तरी होक्काइडोमा त्रासको वातावरण छाएको थियो । बिहीबार बिहानै जापानले छोटो सूचना जारी गरेर सतर्क रहन चेतावनी दिएको थियो । सूचना जारी गरेको आधा घण्टापछि क्षेप्यास्त्र आफ्नो क्षेत्रभित्र नपरेको र त्यहाँका बासिन्दालाई कुनै जोखिम नरहेको बताएको थियो । त्यहाँका विद्यालयहरूमा पठनपाठन ढिलो शुरु भयोभने केही रेल सेवा बन्द गरिएको थियो ।

अमेरिका , जापान र दक्षिण कोरियाले उत्तर कोरियाली कदमको निन्दा गर्दै उसले प्रतिबन्धित क्षेप्यास्त्र परीक्षणको आरोप लगाएको छ । कोरियाली प्रायद्वीपमा तनाव बढाउने मुख्य दोष अमेरिकामाथि लगाउँदै चीनले हालै भएको अमेरिकी र कोरियाली सेनाको संयुक्त अभ्यास हो भनेको छ । साथै बेइजिङले सबै पक्षलाई शान्त एवम् संयमित हुन आह्वान गरेको छ ।


प्रकाशित मिति: १ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?