Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

१६ वर्षमै मतदानको अधिकार दिनुपर्छः रास्वपा प्रमुख सचेतक बुर्लाकोटी


काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले निर्वाचन प्रणालीमा समयानुकूल सुधार आवश्यक रहेको बताएका छन् । बुधवार संघीय संसदको संसदीय सुनुवाई समितिमा बोल्दै उनले मतदाता नामावली, मतदानको उमेर, र निर्वाचनका दिन हुने सवारी आवागमनका विषयमा सुझावहरू दिएका छन् । प्रमुख सचेतक बुर्लाकोटीले युवाहरूको राजनीतिक संलग्नता बढाउन मतदानको उमेर १६ वर्ष कायम गरिनुपर्ने बताए । मतदाता नामावली सङ्कलनको झन्झटिलो प्रक्रियालाई अन्त्य गर्न नागरिकता वा राष्ट्रिय परिचयपत्र प्राप्त गर्नासाथ व्यक्तिको नाम स्वतः मतदाता नामावलीमा समावेश हुने प्रणाली विकास गर्न उहाँले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार सुनिश्चित गर्न सरकार र आफ्नो दल सकारात्मक रहेको उल्लेख गर्दै उनले यसलाई छिटो कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका छन् । निर्वाचन खर्च घटाउने र मतदाताको सहजताका लागि मतदानको दिन सवारी साधन चलाउन दिनुपर्ने प्रश्ताव समेत बुर्लाकोटीले राखेका छन् । मतदान केन्द्रको ३०० मिटर परिधिभित्र मात्र सवारी साधन र अनावश्यक भीडभाड निषेध गरी अन्य क्षेत्रमा सहज आवागमनको व्यवस्था मिलाउँदा दलहरूको खर्च कम हुने र सर्वसाधारणलाई सहज हुने उनको तर्क छ । उनले भने, हाम्रो देशमा युवाहरूको ठूलो जनसङ्ख्या छ, तर उनीहरू मतदान प्रक्रियाप्रति उत्साहित देखिँदैनन् । १६ वर्षकै उमेरमा मतदानको अधिकार सुनिश्चित गर्दा युवाहरूमा नयाँ उत्साह थपिने मेरो विश्वास छ । मैले आफैँ निर्वाचन लड्दा मतदानको दिन गाडी रिजर्भ गर्न मात्र ठूलो रकम खर्च गर्नुपरेको थियो । सुरक्षाको उच्च प्रबन्ध गरी फ्री भेहिकल मुभमेन्ट गराउनु आवश्यक छ ।’ उनले राजनीतिक दलहरूलाई विचारका आधारमा स्वेच्छिक रूपमा गाभिने वातावरण हुनुपर्ने तर कानुनद्वारा मर्ज हुन बाध्य पार्न नहुने बताएका छन् । लोकतान्त्रिक पद्धतिमा दलहरू स्वेच्छाले अस्तित्वमा रहने वा नरहने निर्णय गर्न स्वतन्त्र हुनुपर्ने उनको भनाइ छ । विगतको निर्वाचन अनुभव सुनाउँदै बुर्लाकोटीले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सुरक्षा व्यवस्थामा आयोग थप गम्भीर हुनुपर्ने बताएका छन् ।

काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले निर्वाचन प्रणालीमा समयानुकूल सुधार आवश्यक रहेको बताएका छन् ।

बुधवार संघीय संसदको संसदीय सुनुवाई समितिमा बोल्दै उनले मतदाता नामावली, मतदानको उमेर, र निर्वाचनका दिन हुने सवारी आवागमनका विषयमा सुझावहरू दिएका छन् । प्रमुख सचेतक बुर्लाकोटीले युवाहरूको राजनीतिक संलग्नता बढाउन मतदानको उमेर १६ वर्ष कायम गरिनुपर्ने बताए । मतदाता नामावली सङ्कलनको झन्झटिलो प्रक्रियालाई अन्त्य गर्न नागरिकता वा राष्ट्रिय परिचयपत्र प्राप्त गर्नासाथ व्यक्तिको नाम स्वतः मतदाता नामावलीमा समावेश हुने प्रणाली विकास गर्न उहाँले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार सुनिश्चित गर्न सरकार र आफ्नो दल सकारात्मक रहेको उल्लेख गर्दै उनले यसलाई छिटो कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका छन् ।

निर्वाचन खर्च घटाउने र मतदाताको सहजताका लागि मतदानको दिन सवारी साधन चलाउन दिनुपर्ने प्रश्ताव समेत बुर्लाकोटीले राखेका छन् । मतदान केन्द्रको ३०० मिटर परिधिभित्र मात्र सवारी साधन र अनावश्यक भीडभाड निषेध गरी अन्य क्षेत्रमा सहज आवागमनको व्यवस्था मिलाउँदा दलहरूको खर्च कम हुने र सर्वसाधारणलाई सहज हुने उनको तर्क छ ।

उनले भने, हाम्रो देशमा युवाहरूको ठूलो जनसङ्ख्या छ, तर उनीहरू मतदान प्रक्रियाप्रति उत्साहित देखिँदैनन् । १६ वर्षकै उमेरमा मतदानको अधिकार सुनिश्चित गर्दा युवाहरूमा नयाँ उत्साह थपिने मेरो विश्वास छ । मैले आफैँ निर्वाचन लड्दा मतदानको दिन गाडी रिजर्भ गर्न मात्र ठूलो रकम खर्च गर्नुपरेको थियो । सुरक्षाको उच्च प्रबन्ध गरी फ्री भेहिकल मुभमेन्ट गराउनु आवश्यक छ ।’

उनले राजनीतिक दलहरूलाई विचारका आधारमा स्वेच्छिक रूपमा गाभिने वातावरण हुनुपर्ने तर कानुनद्वारा मर्ज हुन बाध्य पार्न नहुने बताएका छन् । लोकतान्त्रिक पद्धतिमा दलहरू स्वेच्छाले अस्तित्वमा रहने वा नरहने निर्णय गर्न स्वतन्त्र हुनुपर्ने उनको भनाइ छ । विगतको निर्वाचन अनुभव सुनाउँदै बुर्लाकोटीले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सुरक्षा व्यवस्थामा आयोग थप गम्भीर हुनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?