Trending
>>   पाइपलाइनमार्फत ग्यास घरघर पुर्‍याउने नीति चाहियोः सुनिता डंगोल >>   फोहोर व्यवस्थापन राजनीतिक मुद्दा भन्दा ठूलो हो : मन्त्री श्रेष्ठ >>   नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याइने, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न… >>   चार महिनामै ८ खर्ब बढीको वस्तु आयात >>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै >>   चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली >>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड
Logo
१० मंसिर २०८३, बिहीबार
१० मंसिर २०८३, बिहीबार

उत्पादन र रोजगारी केन्द्रित आयोजनाको अभावले अर्थतन्त्र असन्तुलित बनेको सांसद तामाङको टिप्पणी


काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टीका सांसद पर्शुराम तामाङले राष्ट्रिय गौरवका आयोजनाहरूले उत्पादन र रोजगारीको क्षेत्रमा अपेक्षित योगदान पुर्याउन नसकेको बताएका छन् ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद तामाङले ठूला आयोजनाहरूले मुलुकको अर्थतन्त्र र नागरिकको जीवनस्तरमा कस्तो प्रभाव पारे भन्ने विषयमा गहन विश्लेषणको अभाव रहेको उल्लेख गरेका छन् । राष्ट्रिय योजना आयोगका पदाधिकारीहरूसँगको छलफलका क्रममा तामाङले आयोजनाहरूले उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई मुख्य उद्देश्य बनाउनुपर्नेमा जोड दिएका छन् । सांसद तामाङले पछिल्लो समय जीडीपीमा वृद्धि देखिए पनि कृषि र औद्योगिक क्षेत्रको योगदान घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे । अर्थतन्त्र केवल सेवा क्षेत्रमा मात्र निर्भर रहनु जोखिमपूर्ण हुने उल्लेख गर्दै पहाडी क्षेत्रको बसाइँसराइ र बाँझो जमिनको समस्यालाई उठाउँदै तामाङले मध्यपहाडी लोकमार्ग निर्माण भएपनि सो क्षेत्रमा उत्पादनका गतिविधि ठप्प रहेको बताएका छन् । उनले २७ वटा ठूला आयोजनामध्ये कृषि र खानी क्षेत्रका दुईवटा मात्रै आयोजना समेटिनुले आर्थिक क्षेत्रमा आयोजनाहरूको सन्तुलन नमिलेको तर्क गरेका छन् ।

सांसद तामाङले भने, ‘राष्ट्रिय गौरवका आयोजनाहरूले उत्पादन क्षेत्रलाई सहयोग पुरÞ्याउनुपर्ने थियो, जसबाट रोजगारी वृद्धि भई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ठोस योगदान पुग्थ्यो । प्रश्तुत गरिएका आयोजनाहरूले प्रतिव्यक्ति आय र रोजगारीमा कस्तो प्रभाव पार्छन् भन्ने स्पष्ट खाका देखिएन । अहिलोकारले सेवा क्षेत्रलाई प्राथमिकता दिएको देखिन्छ । तर उत्पादनमूलक क्षेत्रलाई नबढाएसम्म रोजगारी र वास्तविक आर्थिक सुधार सम्भव छैन । पहाडी क्षेत्रका ४० देखि ९० प्रतिशतसम्म खेतीयोग्य जमिन संकुचन भएर बाँझो पल्टिएका छन्। उत्पादनका क्षेत्रहरू बन्द हुँदा मानिसहरू पहाड छोडेर तराई वा सहर पस्न र अन्ततः वैदेशिक रोजगारीमा जान बाध्य छन् ।’

धेरैजसो उद्योगहरू तराई र सीमा क्षेत्रमा मात्र केन्द्रित भएको भन्दै उहाँले मध्यपहाडी क्षेत्रलाई विकासको केन्द्र नबनाएसम्म हिमाल र तराईको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव नपर्ने दाबी गरेका छन् । पहाडी क्षेत्रको अर्थतन्त्रलाई पुनरुत्थान गर्न र बसाइँसराई रोक्न विशेष कार्यक्रम ल्याउन उनले योजना आयोगको ध्यानाकर्षण गराएका छन् ।


प्रकाशित मिति: २९ असार २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?