Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

सरकारसँग सांसदहरुको मागः किसानलाई मलको अभाव नहोस्, अवरुद्ध चिया निर्यात सहज गरियोस्


काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरुले ठप्प रहेको चिया निर्यातका लागि तत्काल भारत सरकारसँग कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले किसानलाई मलको अभाव हुन नदिने गरी तत्काल आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएका छन् । सांसद सुहाङ नेपालले ठप्प रहेको चियाको निर्यातका लागि तत्काल भारत सरकारसँग कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराए । उनले चिया किसान र उद्योगीहरुको संरक्षणका लागि ठोस नीति बनाउन पनि सरकारलाई सचेत गराएका छन् ।

सांसद नेम्वाङले भने, ’टि बोर्ड अफ इन्डियाको पछिल्लो नीतिले चिया निर्यात ठप्प हुन पुगेको छ । यसले किसान, श्रमिक, उद्योगी, निर्यातकर्ता र देशको अर्थतन्त्रलाई प्रत्यक्ष असर पारिरहेको छ । त्यसैले म सरकारसँग आग्रह गर्न चाहन्छु–भारत सरकारसँग तत्काल कूटनीतिक पहल गरियोस, चिया निर्यातको अवरोध समाधान गरियोस् । र चिया उद्योगी र किसानहरुको संरक्षणको लागि ठोस नीति बनाइयोस् ।’

सरकारले किसानलाई मलको अभाव हुन दिन नहुने पनि सांसदहरुले बताएका छन् । सांसद सुनिल केसीले किसानले आवश्यक मल पाउने गरी व्यवस्था गर्न सरकारलाई दबाब दिएका छन् । उनले मेलम्चीको पानी काठमाडौंका जनताले कहिलेसम्म कुर्नुपर्ने हो ? त्यसको जवाफ दिन पनि सरकारसँग माग गरेका छन् ।

उनले भने, ‘सरकारलाई आवश्यक मात्रामा मल पाउने व्यवस्था मिलाइयोस् । काठमाडौं क्षेत्र नम्बर २ का जनताले मेलम्चीको खानेपानी खान अझै कहिलेसम्म कुर्नुपर्ने हो ? तीनकुनको सार्वजनिक जग्गा कुन उद्देश्यका लागि कब्जा गरियो ? यस सम्बन्धमा तत्कालीन सरकारका प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग जवाफ मागियोस । यसरी राज्यले जनताको सम्पती कहिलेसम्म कब्जा गरेर राख्ने हो ?’

सांसद सुरेशकुमार चौधरीले भारतीय सीमा क्षेत्रको पूर्वाधार विकासमा जोड दिन सरकारलाई सुझाव दिएका छन् ।

उनले भने,‘सीमा क्षेत्रको गाउँमा विकासको कुनै पूर्वाधार पुगेको छैन । बाटो, विद्युत, स्वास्थ्य, शिक्षा, सञ्चार समेतको समस्या छ । यस्ता बस्तीहरुमा विकासको पूर्वाधार निर्माणमा ढिलाई नगर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । बाँकेका धेरै गाउँहरु हराएको जस्तो देखिएको छ । त्यहाँ विकासमार्फत ती गाउँहरुलाई अघि बढाउन आवश्यक छ । यसमा सरकारको ध्यान जाओस् ।’

बर्दियालगायतका सीमा क्षेत्रका जनताले विभिन्न खालको समस्या झेल्नुपरेको उल्लेख गर्दै त्यहाँका जनताको समस्या समाधानमा सरकार गम्भिर भएर लाग्नुपर्ने पनि सांसद चौधरीले बताएका छन् ।


प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?