Trending
>>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक
Logo
२१ कार्तिक २०८३, शनिबार
२१ कार्तिक २०८३, शनिबार

फैसला कार्यान्वयन र कार्यचाप व्यवस्थापन न्यायपालिकाको मुख्य चुनौतीः मुख्य रजिस्ट्रार पौडेल


काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले न्यायपालिकाको कार्यसम्पादनलाई प्रभावकारी बनाउन फैसला कार्यान्वयन र बढ्दो मुद्दाको कार्यचाप व्यवस्थापन नै वर्तमान समयको मुख्य चुनौती रहेको बताएका छन् ।

कानून दिवसको अवसरमा आयोजित समारोहमा बोल्दै उहाँले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाबाट मात्रै नागरिकका हक अधिकारको संरक्षण सम्भव हुने बताएका हुन् । मुख्य रजिस्ट्रार पौडेलले संवैधानिक सर्वोच्चता, विधिको शासन र स्वतन्त्र न्यायपालिका लोकतन्त्रका आधार स्तम्भ भएको चर्चा गर्दै न्यायपालिकाले नागरिकप्रतिको उच्च समर्पण भाव र उत्तरदायित्व बोधका साथ काम गरिरहेको बताए । उनकाअनुसार न्यायपालिकाले पाँचवर्षीय रणनीतिक योजनामार्फत न्याय सम्पादनलाई शिघ्र र गुणस्तरीय बनाउनुका साथै न्यायमा सर्वसाधारणको पहुँच सहज तुल्याई जनआस्था अभिवृद्धि गर्ने दिशामा निरन्तर प्रयास गरिरहेको छ । देशमा भएको आर्थिक एवं भौतिक विकाससँगै अदालतहरूमा मुद्दाको संख्या र प्रकृतिमा विविधता आउँदा कार्यचाप बढेको उनको भनाइ छ । फैसला कार्यान्वयनको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले हाल देशभर करिव १ लाख २५ हजार वर्षभन्दा बढी कैद भुक्तान र ३१ अर्ब रुपैयाँभन्दा बढी जरिवाना असुल गर्न बाँकी रहेको जानकारी दिएका छन् । यो अवस्थाले कानूनको शासनकै मूल्य–मान्यतामाथि चुनौती थपेको बताउँदै उनले फैसला कार्यान्वयनमा सरकार र सुरक्षा निकायको सक्रिय सहयोगको अपेक्षा गरेका छन् ।

उनले भने, ‘मुद्दाको कार्यचापलाई व्यवस्थापन गर्दै जनअपेक्षा अनुरूप समयमै न्याय सम्पादन गर्नु आजको प्रमुख चुनौती हो । न्याय सम्पादनको कार्य न्यायपालिका एक्लैको प्रयासले सम्भव हुँदैन, यसका लागि सरोकारवाला निकाय र पदाधिकारीहरूको सकारात्मक सहयोग अपरिहार्य छ ।’

गत वर्ष भदौ २३ र २४ गते भएको घटनाबाट न्यायपालिकाको भौतिक पूर्वाधार र मिसिलहरूमा क्षति पुगेका कारण सेवा प्रवाहमा केही असहजता आएको भएपनि नेपाल सरकार र सरोकारवालाको सहयोगमा स्थिति सहज बनाइएको उनले उल्लेख गरेका छन् । न्यायिक सेवालाई नागरिकको घरदैलोसम्म पु¥याउन स्थानीय न्यायिक समितिलाई थप प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिएका छन् । विवाद समाधानका लागि मेलमिलाप पद्धति र ‘प्री–लिटिगेसन मिडिएसन’को सम्भावनाबारे चर्चा गर्दै उहाँले सर्वसाधारणको न्यायमा पहुँच मजबुत बनाउन निःशुल्क कानूनी सहायता र नेपाल बार एशोसिएशनमार्फत ‘प्रो–बोनो’ सेवाको विस्तार आवश्यक रहेको बताए । स्वतन्त्र न्यायपालिकाको मूल्य–मान्यता अक्षुण्ण राख्दै न्याय प्रशासनलाई छिटोछरितो, निष्पक्ष र जनउत्तरदायी बनाउन सामूहिक प्रयास जारी रहने प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?